कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरको तेखापुखुमा आगलागी [फोटो फिचर]

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिका–१ टेखापुखुमा आगलागी भएको छ । ८ परिवार बस्दै आएको ५ घरमा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट ५ घर जलेर नष्ट भएको छ ।

आइतबार बिहान साढे १ बजे इन्द्र शिल्पकारको घरबाट सुरु भएको आगलागी कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रबहादुर शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकर, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घर जलेको महनगरीय प्रहरी परिसर भक्तपुर प्रहरी निरिक्षक दिल सुवेदीले बताए ।

इन्द्र शिल्पकारको घरमा खाना पकाउन प्रयोग गरिएको भूसे चुल्होबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहित ६ वटा दमकलको प्रयासमा आगो नियन्त्रणको लिइएकाे थियाे ।

आगलागी नियन्त्रणमा भक्तपुरको दुई, ललितपुरको दुई, काठमाण्डौंको एक, प्रहरीको एक गरी ६ वटा दमकल र पानी ट्याङ्गकरको प्रयोग गरिएको थियाे ।
तस्बिरहरु: अंगद ढकाल र सुमन प्रजापति

प्रकाशित : वैशाख २४, २०७४ १०:३०

प्रतिक्रिया
पठाउनुहोस्