कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

सिंगारियो लुम्बिनी [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — बुद्धस्थल लुम्बिनी सिंगारिएको छ । २५६१औं बुद्धजयन्ती मनाउनका लागि ठाउँ ठाउँमा तुल, व्यानर र लुङ्गदार टाँगेर सजाइएको छ । करिब डेढ किमि लामो केन्द्रीय नहरको दुवैतिर ध्वजापताका टाँगेर सिगारिएको छ । विभिन्न मुलुकका बौद्ध विहार र गुम्बा लुङ्दार र ध्वजापताकाले सजाइएका छन् । लुम्बिनी स्वागत गर्न तम्तयार जस्तै बनेको छ ।

विभिन्न विहार र टेम्पलमा पूजाआजा थालिएको छ । ठाउँ ठाउँमा विश्वशान्ति र धर्मदेशनाको कामना गर्दै मंगल धुन बजाएर माहोल शान्तिप्रति समर्पित गरिएको छ । यहाँ चहलपहल बढेको छ । बुधबार औपचारिक कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दकिशोर पुन रहेका छन् । स्वदेशी विदेशी पर्यटकले लुम्बिनी भरिभराउ बन्दै गएको छ । मायादेवी मन्दिर र पुष्करणी पोखरी पनि सरसफाई गरी राम्रो बनाइएको छ । 

प्रकाशित : वैशाख २६, २०७४ १४:४२

प्रतिक्रिया
पठाउनुहोस्