कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'स्मार्ट सिटी' ! मा फोहोरको डंगुर [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौं — काठमाडौं, ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले चुनावका बेला महानगरहरुलाई 'स्मार्ट सिटी' बनाउने घोषणा गरे । ती जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको पनि चार महिना कटिसकेको छ ।

यी बीचमा 'स्मार्टसिटी' को नारा दिने जनप्रतिनिधिहरुले महानगरभित्रको सडकको खाल्डाखुल्डी हटाउने लगायत नागरिकका समस्या मत्थर पार्न सकेका त छैनन् नै, बरु अर्को समस्या सहरवासीले भोग्नु परिरहेको छ । त्यो हो उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि थुप्रिएको फोहोर र त्यसबाट फैलिएको दुर्गन्ध ।

ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साइट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक बिग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले फोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ । ललितपुर महानगरपालिकाका अनुसार वर्षाले ल्यान्डफिल्ड साइट पुग्ने रानीवन नागार्जुनदेखि मुडु–देवीस्थान–आठ माइल–तीनपिप्ले–कोट (भत्केपाटी) हुँदै सिसडोलसम्मको सडकमा पहिरो झरेको छ । यसले गर्दा साउन २६ देखि नगरमा नियमित फोहोरमैला संकलन हुन नसकेको जानकारी ललितपुर महानगरपालिका सिनियर अफिसर सुरेन्द्रराज अवालेले दिए । स्थानीयवासीसित आइतबार मौखिक सहमति हुनै लागेको बेलामा फोहोरमा राजनीति गर्ने केही गिरोहले अनावश्यक अवरोध खडा गरेको आरोप महानगरपालिकाको छ ।

समस्याको दीर्घकालीन तथा वैकल्पिक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले दिए । अहिले ललितपुरको बालकुमारीमा फोहोर थुप्रिँदा त्यहाँ वरिपरि अत्यधिक दुर्गन्ध फैलिन थालेको छ । स्थानीयवासी दुर्गन्धले हैरान छन् । स्थानीय हीराकाजी महर्जनले दुर्गन्धले बालबालिका बिरामी पर्न सक्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित : भाद्र १४, २०७४ १४:४५

प्रतिक्रिया
पठाउनुहोस्