कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'भगवान' बनाउने कृष्णदयाल

मनोज पौडेल

कपिलवस्तु — हिन्दू धर्मावलम्बीकाे पर्व दसैंतिहार जतिजति नजिकिँदै जान्छ, उती कृष्णदयाल ठाकुर व्यस्त बन्दै जान्छन् । रातदिन उनी माटोका विभिन्न आकृतिहरुलाई ‘भगवान’ बनाउने काममा खटिन्छन् । उनी अहिले कपिलवस्तु नगरपालिका-१ को व्यस्त चोक बजारमा पालले ढाकेर भगवानका मूर्ति बनाइरहेका छन् । आफूले मात्रै नभ्याएर ५ जना कामदार पनि राखेका छन् । कामदार पनि दिनरात नभनी काममा व्यस्त छन् ।

हिन्दू धर्मावलम्वीको पर्व दसैंतिहार जतिजति नजिकिँदै जान्छ, उती कृष्णदयाल ठाकुर व्यस्त बन्दै जान्छन् । रातदिन उनी माटोका विभिन्न आकृतिहरुलाई ‘भगवान’ बनाउने काममा खटिन्छन् ।

उनी अहिले कपिलवस्तु नगरपालिका-१ को व्यस्त चोक बजारमा पालले ढाकेर भगवानका मूर्ति बनाइरहेका छन् । आफूले मात्रै नभ्याएर ५ जना कामदार पनि राखेका छन् । कामदार पनि दिनरात नभनी काममा व्यस्त छन् ।



उनले बनाएका दुर्गा भवानीको मूर्तिको सेट कतिपय अर्डर गरेर बनाएका छन् भने कतिपय बिक्रीमा राख्न बनाएका छन् । पराल, माटो, बास, किल्ला र डोरीले आकृति बनाएर सिंगारपटार गरेर मूर्ति तयार पारिरहेका छन् ।

उनले महिनादिनदेखि मूर्ति बनाइरहेका छन् । विगत १५ वर्ष देखि दसैंतिहारमा देवी-देवताकाे मूर्ति बनाउँदै आएका उनले यस वर्ष २० सेट दुर्गा भवानीको मूर्ति बनाएका छन् । एक सेट मूर्ति २५ हजारदेखि ५० हजार रुपियाँसम्म बेच्ने गर्छन् ।

'दसैंतिहारमा राम्रो कमाई हुन्छ,' उनले भने, 'त्यसैले भगवान बनाउने कामले निरन्तरता पाएको छ ।' कपिलवस्तुको तौलिहवा बजार, कृष्णनगर, चन्द्रौटा र चार नम्बरमा देवी-देवता बनाउने काममा अरु पनि सक्रिय छन्।

प्रकाशित : भाद्र २९, २०७४ ११:३३

प्रतिक्रिया
पठाउनुहोस्