कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतपत्र पुग्यो मतदान केन्द्रमा

कर्मचारी व्यवस्थापन भद्रगोल
लक्ष्मी साह

बारा — असोज २ गते हुने चुनावको लागि मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन भद्रगोल देखिएको छ । व्यवस्थापन गर्न धौंधौं परिरहेको छ । २ उपमहानगर, पाँच नगरपालिका र ९ गाउँपालिकामा १ सय ६७ वडामा ४ सय ५८ मतदान केन्द्रको लागि झन्डै तीन हजार कर्मचारीको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।

बाराको कलैयास्थित एक मतदान केन्द्रमा मतदाता नामावलीमा आफ्नो नामा हेर्दै मतदाता । तस्बिर : लक्ष्मी साह/कान्तिपुर

कतिपय मतदान केन्द्रमा सरुवा भएका कर्मचारी, श्रेणी भएकालाई श्रेणी विहिन, अवकाश प्राप्त कर्मचारीको पनि मतदान केन्द्रमा खटाइने कर्मचारीको सुचीमा नाम पर्न गएकोले भद्रगोल भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार जिल्लाका कतिपय अधिकारीहरुले आफ्ना नजिकका श्रेणी विहिन कर्मचारीलाईसमेत सहायक मतदान अधिकृत र सहायक मतदान अधिकृत र योग्यलाई श्रेणी विहिन (पियन) को सुचीमा पारिएकाले कर्मचारी भित्र तीब्र असन्तुष्टि बढेको छ ।

बाराको कलैयास्थित एक मतदान केन्द्रमा मतदाता नामावलीमा आफ्नो नामा हेर्दै मतदाता । तस्बिर : लक्ष्मी साह/कान्तिपुर


‘जिल्लाका उच्च अधिकारीहरुले आफ्ना चालक, भान्छे र पियनलाईसमेत सहायक मतदान अधिकृत पदमा राख्न लगाएकोले मिलाउन समस्या भएको छ,’ प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले भने, ‘त्यस्ता समस्या थुप्रै भएकाले व्यवस्थापनमा झन्झट भएको छ । व्यवस्थापन गर्दागर्दै चार दिनदेखि कर्मचारी सुत्न र आरामा गर्न गर्न नपाएको उनले बताए । ‘रातभर जाग्राम बसेर काम गरिए पनि तनाव छ,’ उनले भने ।

बाराको कलैयास्थित जिल्लाा समन्वय समितिमा राखिएको मतपत्र मिलाउँदै सुरक्षाकर्मी र कर्मचारी ।

मतपत्र केन्द्रमा
जिल्लााभरिका ३ लाख ३४ हजार ७ सय ४६ मतदाताका लागि मतपत्रसहित निर्वाचन सामाग्री शुक्रवार मतदान केन्द्र पुर्याइएको छ । मतदान अधिकृतहरु स्वयम् बुझेर दिनभर मतपत्र, बक्स, स्वस्तिक चिन्हलगायतका सामाग्री ओसारपसारमा गर्न व्यस्त रहे ।


यसैबीच प्रत्येक मतदान केन्द्रमा शुक्रवार मतदाता परिचय पत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी राजकुमार आचार्यले बताए । चुनावका लागि गाउँगाउँ सेना र प्रहरीका जवानहरु पुगेका छन् । स्वच्छ र भयरहित निर्वाचन गराउन खुला सिमानामा कडा सुरक्षा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी वीजयनारायण मनान्धरले बताए ।
उम्मेदवार, मतदान केन्द्र र निर्वाचन सामाग्रीको सुरक्षाको लागि निगरानी बढाइएको उनले बताए । उता जिल्लामा मदिरा विक्रीवितरण नगर्न सार्वजनिक सुचना र माइकिङ गरी स्थानीय प्रशासनले रोक लगाएको छ ।

बारामा मतदान केन्द्रको लागि सुरक्षासहित शुक्रवार कलैयाबाट मतपत्र लग्ने तयारी गरिंदै । तस्बिर : लक्ष्मी साह/कान्तिपुर

निर्वाचन अनुगनका लागि निर्वाचन आयोगका अधिकारीहरु अनुगन गर्न आइपुगेका छन् । यस्तै निवौचनको पर्यवेक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगबाट टोली जिल्ला खटेको छ । ‘शुक्रवार मध्य रातदेखि मौन अवधि भएकाले आचारसंहित विपरित हुनसक्ने गतिविधिबारेसमेत कडा निगरानी गरिएको छ,’ आचारसंहिता अनुगमन समितिका सदस्यसमेत रहेका प्रमुख जिल्लाा अधिकारीले भने, ‘सुरक्षाको चुस्त व्यवस्थापन गरिएको छ ।’

बाराको कलैयास्थित जिल्ला समन्वय समितिमा राखिएको मतपत्र । प्रकाशित : भाद्र ३०, २०७४ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्