कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउदैं लिङ्गे पिङ्ग (फोटो फिचर)

मनोज पौडेल

कपिलवस्तु — वडा दशैंको रौनक बढाउने लिङ्गे पिङ्ग विस्तारै हराउदै गएकोछ । ८/१० वर्ष अघिसम्म दशैंको घटस्थापनादेखि नै गाउ टोलमा रोटे र लिङ्गे पिङ्ग हालेर गाउले रमाउने गर्थे । तर आजभोली निक्कै कम भएकोछ । रोटे पिङ्ग त देख्नै छाडिएकोछ । कही कही लिङ्गे पिङ्ग मात्रै देखिन्छ ।

दशैंसंग धार्मिक, ऐतिहासिक र साँस्कृतिक सम्बन्ध बोकेको लिङ्गे पिङ्ग जिल्लाका थारै ठाउँमा मात्र देख्न सकिन्छ । यस बर्ष जिल्ला भरि ६/७ ठाउँमा मात्र लिङ्गे पिङ्ग राखिएको छ । चचहुई गर्दै पिङ्गमा मच्चिनुको छुट्टै आनन्द आउछ कपिलवस्तु नगरपालिका वडा नं. ६ वर्मेली टोलमा भोजराज खनालले भने आजभोली यी कुरा ईतिहास बन्न थालेकोछ । हाम्रो संस्कृति विर्सदै छौं उनले भने भावी पुस्ताकालागि यो पुस्तकमा समिति हुदैछ ।

प्रकाशित : आश्विन १३, २०७४ १७:०२

प्रतिक्रिया
पठाउनुहोस्