कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'सभा' जस्तै म्यादी आवेदकको भीड [फोटोफिचर]

सन्तोष सिंह

धनुषा — जनकपुरस्थित निधि स्मृति भवनमा युवाहरु खचाखच भरिएको छ । बिहान ७ बजेदेखि नै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि आवेदन दिन जम्मा भएको दृश्यले बेरोजगारको उजागर गरेको छ । आश्विन २७ र २८ गते दुई दिनमा १० हजार ५ सय जनाले म्यादी प्रहरीका लागि आवेदन दर्ता गराएका छन् । आइतबार आवेदन दर्ता जारी छ ।

स्थानीय निकायको चुनाव गराउन यहाँ म्यादी प्रहरी भर्ना भए । तर, चुनाव तोकिएको मितिमा नहुँदा जिम्मावारी पूरा नै नगरी तलब थापेकाहरुलाई म्यादी मोह गएको छैन । क्याम्पस पढ्ने युवाहरु म्यादीको अग्रपंतिमा देखिएका छन् । आवेदन दिनेहरुको भीड नियन्त्रण गर्न यहाँ लाठीजार्च समेत गर्नु परेको छ । आवेदन फारम भर्नहरुका कारण जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा भीडभाड लागेको छ ।

दिनभरी लाम लागेर आवेदन बुझाएकाहरुलाई म्यादी प्रहरी प्रवेश पत्र बुझाउन समेत एक दिन घाममा कुर्नु परेको छ । भीड बढेपछि सांस्कृतिक कार्यक्रम गरे जस्तै दर्शकदीर्घामा आवेदकलाई बसाएर पालैपालो नाम बोलाएर प्रवेश पत्र वितरण गरिँदै छ । जनकपुरस्थित निधि स्मृति भवनमा म्यादी प्रहरीमा आवेदन दिनेको भीड तस्बिरमा समेटिएको छ :

प्रकाशित : आश्विन २९, २०७४ १६:५५

प्रतिक्रिया
पठाउनुहोस्