कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाई राजकुमारी लुम्बिनीमा (फोटोफिचर)

मनोज पौडेल

कपिलवस्तु — थाई राजकुमारी महा चक्री सिरिन्धोर्नले शुक्रवार बुद्धजन्म स्थल लुम्बिनी भ्रमण गरेकी छन् । उनले मायादेवी मन्दिरमा पुजाआजा गरिन् । त्यस्तै मन्दिरस्थित अशोक स्तम्भमा पनि पुजाआजा गरिन् । पुष्करणी पोखरीमा विश्व शान्ति र विकासका लागि प्रार्थना गरिन् । उनलाई नेपाल र भारतका थाई धर्मदूत फ्रा बोधी विडसेले पुजाआजा गराएका थिए ।

 

राजकुमारीलाई बुद्धस्थल लुम्बिनी, विकास र उत्खनन्बारे वरिष्ठ पुरातत्वविद् बसन्त बिडारीले जानकारी दिएका थिए । त्यसअघि उनले लुम्बिनीमा निर्माण भएको रोयल थाई विहारको धार्मिक विधिपूर्वक उद्घाटन गरेकी थिईन् । राजकुमारीलाई लुम्बिनी विकास कोषले बुद्ध मुर्ति उपहार दिएको थियो । उनी आजै थाईल्याण्ड फकिइन् । 

मन्दिर उद्घाटन कार्यक्रममा २ हजार बढी थाई भिक्षु, भिक्षुणी र उपासक उपासिका थाईल्याडबाट आएका छन् । लुम्बिनीमा थाई राजपरिवारबाट भएको यो तेस्रो भ्रमण हो । उनी गत वर्ष दिवंगत भएका राजा भूमिवल अदुल्यादेजकी छोरी हुन् ।


  प्रकाशित : कार्तिक ३, २०७४ १९:५८

प्रतिक्रिया
पठाउनुहोस्