कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७६ वर्षीय कालिकोटेले यसरी गरे नमुना मतदान [फोटोफिचर]

आनन्द गौतम

ताप्लेजुङ — मतदाता शिक्षा सामग्री पुगेपछि सुदूरपूर्वको ताप्लेजुङ सदरमुकाम फुङलिङमा आइतबार नमुना मतदान गराइएको छ । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी र स्वयंसेवक परिचालन गरी नमुना मतदान गराएका हुन् ।

मतदानमा यसअघि ८ पटक सहभागी भएका ७६ वर्षीय चन्द्रबहादुर कालिकोटे पनि सहभागी थिए । उनी यसअघिका निर्वाचनमा जस्तै लाइनमा बसे, नाम रुजु गराए, औंलामा मसि लगाए र मतदान प्रकृयामा सहभागी भए । मतपत्र पाएपछि उनले नजिकै रहेको प्रहरीलाइ दुई पटकसम्म भोट हाल्ने चुनाव चिह्न छैन त भनेर सोधेका थिए । प्रहरीले यो नमुना हो भनेपछि बल्ल स्वस्तिक छाप हान्न गए । तीन ठाउँमा मतपत्र लिनुपर्दा र दस्तखत गर्नुपर्दा केही झन्झटिलो भएको उनले बताए । उनले भनेका थिए, 'सही गर्ने ठाउँमा ल्याप्चे लगाउन पाए सजिलो हुने थियो ।' 

 

 

तस्बिर : आनन्द गौतम/कान्तिपुर  प्रकाशित : कार्तिक २६, २०७४ १८:१२

प्रतिक्रिया
पठाउनुहोस्