काठमाडौं उपत्यकामा उधौलीको धुमधाम [फोटोफिचर]

गणेश राई

काठमाडौं — पूर्व 'किरात प्रदेश'बाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात धार्मिकस्थल (किरात माङहिम)मा विधिवत् नयाँ अन्न धान, अदुवा, मर्चा, पानीलगायत मुन्धुविधिअनुसार पूजाआजा गरी उधौली चाड मनाउन सुरु गरेका छन् ।

इतिहासविद् मन्जुल याक्थुम्बा लिम्बूका अनुसार उक्त धार्मिक वन वि.सं.१९०५ देखि तत्कालीन नेपाली सेनाको किरात पल्टनमा कार्यरत किरात सैनिकले यसरी पूजाआजा गर्न थालेका र त्यसयता निरन्तर रहेको छ । राई, लिम्बु, याक्खा र सुनुवार जातिको सामाजिक संस्थाले माग गरेअनुसार सरकारले २०५८ सालमा मंसिरेपूर्णिमा तिथिलाई किरात चाड घोषणा भएको थियो भने ०६४ सालदेखि उभौली वैशाखेपूर्णिमा समेत किरात चाडकै रुपमा घोषणा गरी सार्वजनिक बिदा दिइँदैआएको छ । मंसिरेपूर्णिमादेखि यो चाड करिब दुई महिनासम्म नाच्ने गरिन्छ ।

तस्बिर : कविन अधिकारी, गणेश राई/कान्तिपुर

प्रकाशित : मंसिर १७, २०७४ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चिकित्सक चुनावमा खटिएपछि उपचार प्रभावित

कमल पन्थी

गुलरिया — निर्वाचन कार्यालयले मंसिर २१ गते हुने दोस्रो चरणका लागि अति अत्यावश्यक कार्यालयका कर्मचारी, चिकित्सक र प्राविधिक खटाएपछि कामकाज प्रभावित बन्दै गएको छ ।

बर्दिया अस्पतालबाट पाँच चिकित्सक, स्वास्थ्य केन्द्रमा रहेको महिला प्रसुती सेवालगायतका स्वास्थ्यकर्मी चुनावमा खटिएका छन् । स्वास्थ्यकर्मी चुनावमा खटिदा उपचार प्रभावित हुनुका साथै सरकारबाट अस्पतालमा सञ्चालित फार्मेसी सेवा पनि बन्द भएको छ ।
यसैगरी, नेपाल टेलिकमबाट प्रशासनिकसँगै प्राविधिक फाँटका कर्मचारी पनि खटिएका छन् ।

बर्दिया निकुन्जबाट पनि रेन्जर, प्रशासन फाँट र गेमस्काउट फाँटका कर्मचारी निर्वाचनमा खटिएका छन् । निकुन्जमा रहेका करार सेवाका कर्मचारी निर्वाचनमा खटिएपछि वन र वन्यजन्तुको सुरक्षामा चुनौति थपिएको निकुन्जका एक अधिकारीले बताए ।

ति कर्मचारीका अनुसार यसैबेला चोरी शिकारी, अवैध काठ चोरीलगायतका घटना हुनसक्ने चुनौति छ ।

निर्वाचन अधिकृत एंव जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले निर्वाचनमा कर्मचारी अपुग भएकाले बाध्य भई अत्यावश्यक कार्यालयका कर्मचारी प्रयोग गर्न बाध्य भएको बताए । 

जिल्लाको तीन सय २९ मतदान केन्द्र र एक सय ५३ मतदान स्थलमा दुई हजार ६ सय बढी कर्मचारी र शिक्षक खटाइएको उनले बताए ।

यसैबीच आईतबार मतदान केन्द्र र स्थलमा खटिएका कर्मचारीले नियुक्तिपत्र र पारिश्रमिक बुझेर कार्यस्थल जाँदै गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७४ १६:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT