कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्ती किनारमा एक बिहान

शब्द/तस्बिर : किरण पाण्डे

जगतपुर (चितवन) — चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसराको अघिल्तिर बिहान चरा चुरुंगीको सम्मेलनजस्तै थियो । चुनावको चटारोमा रहेको चितवनको यो क्षेत्रमा बिहानको कुहिरो फाट्दै जाादा राप्ति किनारमा चराहरुको पनि कोणसभा भइरहेजस्तो लाग्थ्यो । एकातिर चखेवाले हल्ला गरिरहेका थिए भने अर्कातिर कोइली, बकुल्ला र किंगफिसरहरु जिउ तन्काउादै थिए ।

घाम पारिलो हुन थालेपछि राप्ति नदिबाट गोही पनि किनारमा निस्कियो । निकैबेर मुख बाएर बसेको गोही जिउ तातेपछि फेरि पानीमा फर्कियो । जमिन अझै तातेपछि छेउको घाासे मैदानमा देखापऱ्यो चितवनको शान, एकसिंगे गैंडा । गैंडा देखिएपछि एकपटक यसक्षेत्रका होटलमा बसेका पर्यटकहरु बाहिर निस्किए ।


















प्रकाशित : मंसिर १८, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्