कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँ पर्‍यो फुरुरु...[फोटोफिचर]

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा चुनावको प्रचारप्रसारताका माथिल्लो क्षेत्रमा हिमपात भएकोमा मंगलबार बस्तीमै हिउँ परेको हो । मंगलबार बिहानदेखि परेको हिमपातले स्थानीय जनजीवन प्रभावित बनेको छ ।

हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा चुनावको प्रचारप्रसारताका माथिल्लो क्षेत्रमा हिमपात भएकोमा मंगलबार बस्तीमै हिउँ परेको हो ।

मंगलबार बिहानदेखि परेको हिमपातले स्थानीय जनजीवन प्रभावित बनेको छ । माथिल्लो मनाङमा पर्ने नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातले पर्यटक आवागमन तथा सवारी आवागनमा प्रभावित बनाएको स्थानीयले बताए । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष समेत रहेका स्थानीय विनोद गुरुङले सुख्खा भइरहेको जमीनमा हिउँले सिञ्चित गरेको बताए । ‘अब त हिउँ पर्ने समय हो । अहिले हिउँ पर्‍यो । सबैलाई धेरै प्रभावित पार्ने गरी परेन । जमेको पनि छैन’ उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलासबाबु तिवारीले बस्तीमै आउने गरी यसपटक पहिलोपटक हिमपात भएको बताए । उनले २/३ इन्च हिउँ जमेको र साँझपख भने पग्लिँदै गएको बताए । ‘हिमपात भएपछि पर्यटक गन्तब्यमा गएका छैनन् । हिउँ पर्न छाडेपछि उनीहरु हिउँ खेलेर रमाए’ उनले भने, ‘अहिले नी भीषण परेको छैन । भीषण परेमा वा जानकारी आएमा हामी पर्यटकलाई सतर्क गराउँछौं ।’ हिमपातपछि माथिल्लो मनाङ क्षेत्रको मोवाइल नेटवर्कमा समस्या आएको स्थानीयले बताएका छन् ।

मनाङको चामेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने मनाङ, भ्राका, टंकी लगायत गाउँका बस्तीमै हिउँ परेको स्थानीयले बताएका छन् । माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा चिसो बढेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले चामेमै हिउँ नपरेको तर, चिसो भने अत्याधिक बढेको बताए । ‘चामेकै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । बस्तीमा आएको छैन । बहिर निस्कनै नसक्ने गरी चिसो बढेको छ ।’तल्लो क्षेत्रको नासोङमा भने हिँउ नपरेको स्थानीयले बताएका छन् । बस्तीमा नपरेपनि माथिल्ला डाँडामा भने हिउँ परिरहेको स्थानीयको भनाइ छ ।

तस्बिर सौजन्य : कैलाशबाबु तिवारी/एक्याप मनाङ प्रकाशित : मंसिर १९, २०७४ २०:०९

प्रतिक्रिया
पठाउनुहोस्