कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

काठमाडौं — सर्वोच्च अदालतले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि मोसो दल्ने विप्लब नेतृत्वको माओवादीका दुई कार्यकर्तासँग बयान लिएको छ ।

मोसो दल्नेसँग बयान

काठमाडौं (कास)– अदालत परिसरभित्र हूलहुज्जत गरी अवहेलना गरेको आरोपमा सर्वोच्च प्रशासनले तयार पारेको प्रतिवेदनका आधारमा प्रबल भनिने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई प्रतिवादी बनाइएर मुद्दा दायर गरिएको थियो । दुवै जनासँग बयान लिइएको सर्वोच्चले जनाएको छ । मुद्दा प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको थियो ।
दूतावासका लागि जग्गा किन्न आग्रह
अस्ट्रेलिया (कास)– अस्ट्रेलिया भ्रमणमा रहेका दुई सांसदलाई यहाँका नेपालीले नेपाली दूतावासका लागि जग्गा खरिद गर्ने प्रक्रिया तत्काल टुंग्याउन सहयोग गर्न आग्रह गरेका छन् । सांसदहरू प्रभु साह र नरेन्द्र साह कलवारसँग सिड्नीमा एनआरएनएले आइतबार आयोजना गरेको अन्तक्र्रियामा यहाँका अगुवाहरूले नेपाली समुदाय बढिरहेको अवस्थामा आफ्नै दूतावासको जग्गा र घरको आवश्यकता औंल्याएका थिए । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसमेत रहेका सांसद साहले दूतावासका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको बताएका थिए । 
बेलायतमा नेपालीको तथ्यांक संकलन गरिँदै
लन्डन (कास)– लन्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य र यस राजदूतावासका लागि तोकिएका मुलुकहरू आयरल्यान्ड, आइसल्यान्ड र माल्टामा रहेका गैरआवासीय नेपालीको तथ्यांक संकलन आइतबार सुरु गरेको छ । दूतावासले नेपाली र गैरआवासीय नेपालीलाई फारममा आफ्नो र परिवारका सदस्यको छुट्टाछुट्टै विवरण भरी इमेल वा फयाक्समार्फत पठाउन भनेको छ । 

प्रकाशित : पुस १८, २०७३ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?