कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

राजविराज — परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने मागसहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार प्रदर्शन गरेको छ ।

संशोधन माग गर्दै प्रदर्शन

राजविराज (कास)– नेताहरूले परिमार्जनसहित मधेस र मधेसीको हितमा संविधान संशोधन नभए फेरि आन्दोलनमा उत्रने चेतावनी दिए ।
‘एमाले मधेसमैत्री पार्टी’
जनकपुर (कास)– नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक मधेसी संगठनका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री रघुवीर महासेठले एमाले मधेसीमैत्री पार्टी भएको दाबी गरेका छन् । संगठनको कार्यालयमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले मोर्चाका नेता एमालेलाई बदनाम गर्दै हिँडेको आरोप लगाए । उनले भने, ‘एमाले मधेस विरोधी भएको भए, मधेसका जिल्लामा झन्डै ४० सांसद जित्ने थिएनन् ।’ 
अभियुक्त पक्राउ
दाङ (कास)– काठ तस्करी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । २०७० मंसिर २९ देखि फरार बेला ८ का ४५ वर्षीय तुलाराम विकलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको एसपी धिरजप्रताप सिंहले बताए । 
मोर्चा अध्यक्षमा किराती
खोटाङ (कास)– माओवादी केन्द्रको भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा राजन किराती निर्विरोध चयन भएका छन् । दिक्तेलमा आइतबार सम्पन्न मोर्चाको चौथो राष्ट्रिय सम्मेलनले किरातीको नेतृत्वमा १ सय ६५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । 

प्रकाशित : पुस १९, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?