कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकप्रिय हुँदै ‘नाइँ मलाई थाहा छैन’

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — एक लाख रुपैयाँ पुरस्कारसहित पहिलोपटक अनलाइनमार्फत सुरु गरिएको नृत्य प्रतियोगिता ‘नाइँ मलाई थाहा छैन’ मा देशविदेशबाट तीन दर्जनभन्दा बढीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत अस्ट्रेलियामा रहेका गायक सञ्जीव पराजुली र नेपालमा रहेकी गायिका टीका प्रसार्इंले गाएको ‘नाइँ मलाई थाहा छैन...’गीतमा नृत्य गरेर अनलाइन पठाउने उत्कृष्टलाई पुरस्कार दिने घोषणा गरिएको छ । सोही आधारमा विश्वभरि रहेका नेपाली युवायुवतीहरूले नृत्य पठाइरहेको गायक पराजुलीले जनाए । मार्चको ३१ तारिखसम्म पठाइएका भिडियोमध्ये निर्णायकबाट छानिएको उत्कृष्टलाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ । उक्त गीत एकनारायण भण्डारीले लेखेका हुन् । आशिष अविरलले कम्पोज गरेका हुन् । 

प्रकाशित : फाल्गुन २५, २०७३ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?