कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

बिर्तामोड — सामाजिक कार्यमा सक्रिय मोफसलको प्रतिष्ठित संस्था रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानले २०७३ मा प्रदान गरिने पुरस्कार सार्वजनिक गरेको छ । विभिन्न चार विधामा दिइँदै आएका प्रतिष्ठानका पुरस्कार निजी क्षेत्रबाट दिइने ठूला राशिका हुन् ।

प्रतिष्ठानले वैशाख ४ गते ती पुरस्कार प्रदान गर्ने जनाएको छ । प्रतिष्ठानका अध्यक्ष गंंगाप्रसाद ओलीले यो वर्षबाट ५१ हजार राशिको श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्रदान गरिने जानकारी दिए । रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार यो वर्ष झापाको महारानी झोडा साना किसान कृषि सहकारी संस्थालाई प्रदान गरिने ओलीले बताए । कृषि क्षेत्रको विकासमा विशेष योगदान पुर्‍याएवापत सो संस्था पुरस्कृत हुन लागेको हो । 
त्यस्तै, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार यो वर्ष हेटौंडाको मानव सेवा आश्रमलाई दिइने भएको छ । आश्रमले मानव संरक्षण र पुन:स्थापनाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । 
अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार झापा मेचीनगरका पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ । यी तीनवटै पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको प्रतिष्ठानका सचिव यज्ञराज ओलीले जानकारी दिए । प्रतिष्ठानले प्रदान गर्ने देवी ओली राष्ट्रिय बाल पुरस्कार यो वर्ष काठमाडौंकी सृष्टि महर्जनलाई दिइनेछ । २०१२ मा टर्कीमा भएको नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी भई अन्य प्रतियोगितामा समेत उपाधि जित्न सफल भएबापत महर्जनलाई ५१ हजार १ सय ११ रुपैयाँँ राशिको पुरस्कार प्रदान गरिने भएको हो ।
त्यस्तै, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट प्रतिष्ठानलाई प्राप्त २ लाख रुपैयाँ ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थालाई महिला सशक्तीकरणमा पुर्‍याएको योगदानका लागि दिइने भएको छ ।

प्रकाशित : चैत्र ६, २०७३ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?