कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी एकीकरण हुन सक्छ : गच्छदार

विराटनगर — मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तह निर्वाचनमा कांग्रेससँग एलायन्स गरेर जान सकिने बताएका छन् । ‘त्यसपछिको संघ निर्वाचनमा एकीकरणको सम्भावना रहन सक्छ,’ उनले भने ।

आइतबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसमा जाने चर्चालाई स्वीकारेका हुन् । ‘कांग्रेसका नेताहरूले मेरो आवश्यकता महसुस गरिरहेका छन् । कांग्रेस बलियो बनाउन वा जोगाउन मेरो आवश्यकता भएको छ,’ उनले भने ।
आधिकारिक छलफल भने कसैसँग नभएको गच्छदारको भनाइ थियो । ‘म कांग्रेसमा प्रवेश गर्ने होइन । मेरो पार्टी एकीकरण हुने हो । मेरो पार्टी पनि राष्ट्रिय पार्टी हो । मैले धेरै दु:ख गरेर यहाँसम्म ल्याएको छु,’ उनले भने ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?