कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

काठमाडौं — अशोक लिल्यान्डले ‘भाइकिङ बस’ नेपालमा भित्र्याएको छ । यो बसमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर भाइकिङ बसहरूले झैं न्यूनतम इन्धन खर्चमा उच्च प्रदर्शन गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

अशोक लिल्यान्डको ‘भाइकिङ बस’

काठमाडौं (कास)– नेपालमा बिक्रेता एलटी इन्टरप्राइजेज प्रालिले राजधानीमा आयोजित कार्यक्रममा अशोक लिल्यान्डको उक्त बस सार्वजनिक गरेको जारी विज्ञपितमा छ ।

कलर्स मोबाइलमा छुट अफर 
काठमाडौं (कास)– कलर्स मोबाइलले आफ्ना केही मोबाइल सेटमा छुट अफर ल्याएको छ । कम्पनीको छुट अफरमा परेका मोबाइल सेटहरूमा ‘पी ८५’, ‘पी ५०’ र ‘पी ३२’ रहेको जारी विज्ञप्तिमा छ । ‘पी ८५’ का विशेषताहरूमा औंला छापको सेन्सर प्रमुख हो, जसले तत्काल बन्द गर्न, खोल्न, तत्काल डायल गर्न, एप र म्यासेज बन्द गर्न, खोल्न मद्दत पुग्दछ । यसैगरी यसमा १६ जीबी रोम र १ जीबी र्‍याम, पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सल क्यामरा रहेका छन् । 

सेन्चुरीले अल्पाइन प्राप्ति गर्ने 
काठमाडौं (कास)– सेन्चुरी कमर्सियल बैंक लिमिटेडले हेटौंडा ४ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । अल्पाइन डेभलपमेन्टले आफ्नो पुँजीमा हकप्रद ज।री गरी करिब ४४ करोड पुर्‍याएर समाहित हुने जारी विज्ञप्तिमा छ । सेन्चुरीले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने सहमति गरिसकेको छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?