कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले–माओवादी बराबरी

मध्यपश्चिम ब्युरो

नेपालगन्ज — माओवादी केन्द्रले रुकुमको मुसिकोट, चौरजहारी र आठबीसकोट नगरपालिकासहित जिल्लाका ६ वटै पालिकामा एकलौटी जितेको छ । बिहीबार मत परिणाम घोषणा भएको आठबीसकोट नगरपालिकाको मेयर तथा उपमेयर दुवै पदमा माओवादी केन्द्रले जित हात पार्‍यो ।


मेयरमा गोर्खबहादुर केसीले कांग्रेसका धीरेन्द्र बटाला र उपमेयरमा गीता नेपालीले कांग्रेसकी अनिता बुढालाई पराजित गरिन् । केसीले बटालालाई २ हजार ३४ मतले पछि पारे । उनले ५ हजार ६ सय २९ मत ल्याए । बटालाले ३ हजार ५ सय ९५ मत ल्याएका छन् ।
उपमेयरमा विजयी माओवादी केन्द्रकी नेपालीले कांग्रेसकी बुढालाई २ हजार ४ सय ३१ मतले पछि पारिन् ।
नेपालीको ५ हजार ६ सय १८ मत प्राप्त गरिन् भने बुढाले ३ हजार १ सय ८७ मतमा चित्त बुझाइन् । नगरपालिकामा माओवादी केन्द्रले ११, नेपाली कांग्रेसले २ र एमालेले एउटा वडामा जितेका छन् ।
चौरजहारी नगरपालिका मेयर तथा उपमेयरमा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भए । मेयरमा विशाल शर्मा र उपमेयरमा राधा रोका विजयी बनेका हुन् । दुवै जनाले कांग्रेस उम्मेदवारलाई पराजित गरे । शर्माले ५ हजार ४ सय २० मत ल्याएर कांग्रेसका बलवीर गोसाईं पराजित गरे । रोकाले ५ हजार ३ सय २५ मत ल्याएर कांग्रेसकी मनीषा भण्डारीलाई पछि पारेकी हुन् ।
१४ वडा रहेको चौरजहारीमा माओवादीले १०, कांग्रेसले ३ र एमालेले एउटा वडामा जित हासिल गरेका छन् ।
मुसिकोट नगरपालिका मेयरमा माओवादी केन्द्रकै देवीलाल गौतम र उपमेयरमा प्रेमकुमारी सुनार विजयी भए । त्रिवेणी गाउँपालिका अध्यक्षमा झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्ट, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन र उपाध्यक्षमा इन्दिरा ओली तथा बाँफिकोटको अध्यक्षमा धर्मबहादुर पुन र उपाध्यक्षमा मनकला पुन विजयी बने ।

सुर्खेतमा कांग्रेसको अग्रता
सुर्खेत– नौ स्थानीय तह रहेको सुर्खेतमा कांग्रेसले अग्रता लिएको छ । बिहीबारसम्म सम्पन्न मत परिणामअनुसार कांग्रेसले दुई गाउँपालिका र एक नगरपालिका तथा एमालेले एक गाउँ तथा एक नगरपालिकामा विजय हासिल गरेको छ । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा एमालेका कवीन्द्रकुमार केसी विजयी भए । उनले ५ हजार ३ सय ५५ तथा उनका प्रतिद्वन्द्वी कांग्रेसका खड्क पोखरेलले ४ हजार ६ सय ४ मत मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी चन्द्रकला शाहीले ५ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी भीमा मल्लले ४ हजार ५ सय ७८ मत प्राप्त गरिन् । ९ वडा रहेको सिम्तामा एमालेले ६ र कांग्रेसले ३ वडा जितेको छ । गुर्भाकोट नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भए । प्रमुखमा कांग्रेसका हस्त पुन १० हजार ६३ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका देवबहादुर खत्रीले ७ हजार १ सय २३ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि कांग्रेसकै मैना विक विजयी भइन् । उनले ९ हजार ९ सय ७४ तथा उनकी प्रतिद्वन्द्वी एमालेकी सुशीला विकले ७ हजार एक सय ६६ मत प्राप्त गरिन् । १४ वडा रहेको गुर्भाकोट नगरपालिकामा वडा नम्बर १, ४ र ९ मा एमाले र बाँकी सबै वडामा कांग्रेस उम्मेदवारहरूको प्यानल विजयी भएको निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले जानकारी दिए ।
लेकबेंसी नगरपालिकामा एमालेका गगनसिंह सुनार विजयी भए । कांग्रेसका उमेश पौडेललाई एक हजार तीन सय ५४ मत अन्तरले पराजित गर्दै उनी प्रमुखमा निर्वाचित भए । उनले ५ हजार ७ सय ५३ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै शान्ति छन्तेलले ५ हजार ४ सय ४० मतले विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसी डिलमती विकले ४ हजार ४ सय ३८ मत प्राप्त गरिन् । यसअघि चिंगाडको अध्यक्षमा कांग्रेसका देवबहादुर चन्द, उपाध्यक्ष कांग्रेसकै मनमाया आचार्य, बराहतालमा कांग्रेसकै तेजबहादुर बस्नेत र शोभा शर्मा विजयी भइसकेका छन् । सदरमुकाम वीरेन्द्रनगर, भेरीगंगा नगरपालिकामा कांग्रेसको अग्रता छ । पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा एमालेको अग्रता छ । वीरेन्द्रनगरमा कांग्रेसको अग्रता कायमै छ ।

सातमा एमाले र चारमा कांग्रेस
दैलेख– ११ स्थानीय तह भएको दैलेखमा ७ स्थानमा एमाले र ४ मा कांग्रेसले विजय प्राप्त गरेका छन् ।
९० वडामध्ये ५२ वडा अध्यक्ष एमालेले, ३३ कांग्रेसले र ३ नेपाल मजदुर किसान पार्टीले जिते । वडा अध्यक्षमा स्वतन्त्र र राप्रपाले एक/एक ठाउँमा विजय पाए ।
दुल्लु नगरपालिकाको प्रमुखमा कांग्रेसका घनश्याम भण्डारी ६ हजार ३ सय ४९ मत ल्याएर विजयी भए ।
उनका प्रतिद्वन्द्वी एमालेका बरुनाथ योगीले ६ हजार २ सय ८० मत पाए ।
उपप्रमुखमा एमालेकी बिस्ना थापा ६ हजार ४ सय ७८ मत ल्याई विजयी भएकी छन् भने कांग्रेसकी कृष्णकुमारी शाहीले ६ हजार १ सय ९ मतमा चित्त बुझाइन् ।
आठबीस नगरपालिकाको प्रमुखमा एमालेका खडकाराज उपाध्याय ३ हजार ९ सय २६ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका प्रेमप्रकाश शाहीले ३ हजार ८ सय ८० मत पाए ।
उपप्रमुखमा कांग्रेसकी दीपा बोहराले ४ हजार १ सय ८७ मत पाएर बाजी मारिन् । उनकी प्रतिस्पर्धी एमालेकी गैमता विकले ३ हजार ९ सय ९० मत ल्याएकी छन् ।
नौमुलेमा कांग्रेसका भदे बुढामगरले ३ हजार १ सय ५२ मतसहित अध्यक्ष जिते । उपाध्यक्षमा कांग्रेसकै अमृता सिंहले ३ हजार २ सय ८० ल्याई विजयी बनिन् । भगवतीमाईमा एमालेका दानबहादुर थापा २ हजार ३ सय २९ मत ल्याई अध्यक्षमा विजयी भए । उपाध्यक्षमा एमालेकै चन्द्रा रेग्मी २ हजार ३ सय २१ मत ल्याई विजयी भइन् । उनीहरूका प्रतिद्वन्द्वी कांग्रेसका दशरथ खड्काले अध्यक्षमा २ हजार ६ सय ८९ र उपाध्यक्षमा मीनाकुमारी खड्काले १ हजार ८ सय २९ मत पाएका थिए ।
गुराँस गाउँपालिकामा कांग्रेसका खेमराज वली र उपाध्यक्षमा दीपा बीसी विजय भएका छन् । अध्यक्षमा वलीले ४ हजार १ सय ६४ मत र उपाध्यक्षमा बीसीले ४ हजार ३७ मत ल्याएर जितेका हुन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर खड्काले अध्यक्षमा ३ हजार ४ सय ३२ र उपाध्यक्षमा प्रभादेवी गुरुङले ३ सय ५ सय १४ प्राप्त गरेका थिए ।
नारायण नगरपालिकामा एमालेको तर्फबाट मेयरमा रत्नबहादुर खड्का र उपमेयरमा सावित्री मल्ल विजयी भइसकेका छन् । यसअघि चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा एमालेका सूर्यबहादुर शाही र उपमेयरमा एमालेकै तारा शाही, एमालेकै तर्फबाट ठाँटीकाँधको अध्यक्षमा धीरबहादुर शाही र उपाध्यक्षमा सुस्मिता सिंह तथा महाँबुमा एमालेकै जंगबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा एमालेकी प्रेम बुढाले विजय हात पारेका थिए ।
त्यसैगरी भैरवीको अध्यक्षमा एमालेका प्रेम बुढा र उपाध्यक्षमा पद्मा विष्ट तथा डुंगेश्वरमा कांग्रेसका नगेन्द्र मल्ल अध्यक्षमा र उपाध्यक्षमा सीता ज्ञवाली विजयी भइसकेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?