कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्सा टिप्दाटिप्दै दुईको मृत्यु

दार्चुला — अपी हिमाल गाउँपालिकाको वडा नम्बर १ रोखापु र बयलीमा यार्सागुम्बा संकलन क्रममा बिहीबार दुई जनाको मृत्यु भएको छ ।


अपी हिमाल गाउँपालिकाको रोखापु दुलेमा यार्सागुम्बा संकलन गर्दा बैतडी पुच्यौडी नगरपालिका–३ चनलपानीका ४८ वर्षीय धौलसिंह बोहरा हिमपहिरोमा च्यापिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको खण्डेश्वरी प्रहरी चौकीले जनाएको छ ।
बोहरासँगै रहेका २१ वर्षीय जनकसिंह धामी घाइते छन् । उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको छ । मृतक बोहराको शुक्रबार लेकमै अन्त्येष्टि गरिएको जिल्ला प्रहरी, दार्चुलाले जनाएको छ ।
बिहीबारै यार्सागुम्बा संकलनको क्रममा अपी हिमाल गाउँपालिका वडा नम्बर १ सिप्तीकी १४ वर्षीया अरुणा जागरीको बयली भीरबाट चिप्लिएर खस्दा मृत्यु भएको स्थानीयले बताएका छन् । लेकमा फोन सम्पर्क नहुँदा घटना शुक्रबार मात्र जानकारीमा आएको खण्डेश्वरी प्रहरी चौकीका असई नरेन्द्रबहादुर रोकायाले बताए । यससँगै यार्सागुम्बा संकलन गर्ने क्रममा यस वर्ष विभिन्न लेकमा गरी तीन जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?