कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको अग्रता

प्युठान — बिहीबार साँझसम्मको मतपरिणाम अनुसार नौबहिनी, सरुमारानी, ऐरावती, झिमरुक गाउँपालिकामा एमाले अग्रस्थानमा छ । मल्लरानीमा र स्वर्गद्वारीमा जनमोर्चा अगाडि देखिएको छ । गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस अगाडी छ ।

प्युठान नगरपालिका र माण्डवी गापामा माओवादी केन्द्रले अग्रता लिएको छ । एमालेले २ र राष्ट्रिय जनमोर्चाले एउटा वडामा प्यानलै जित हासिल गरेका छन् । सरुमारानी गाउँपालिका–६ र झिमरुक गाउँपालिका–१ मा एमालेले जितेको छ । राजमोले पनि मल्लरानी गाउँपालिका–१ मा जितेको छ । सरुमारानीमा वडाध्यक्ष एमालेका तुलबहादुर रोकाको प्यानल विजयी भएको हो । रोकाले ४ सय ९४ मत ल्याए । मल्लरानी–१ मा जनमोर्चाका चिन्ताबहादुर राहुको प्यानल आयो ।

प्रकाशित : असार १६, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?