कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको अग्रता

प्रदेश नं. ७

महेन्द्रनगर — प्रदेश ७ मा शनिबार साँझसम्म २७ स्थानीय तहको मतगणना सकिएको छ । मतगणना सकिएका स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ । शनिबार साँझसम्म कांग्रेसले १३, एमालेले १० र माओवादी केन्द्रले ४ स्थानीय तहमा जितेको छ ।

कांग्रेसको अग्रता


डोटीमा कांग्रेस २, एमाले २ र माओवादी १ मा विजयी डोटीमा मतगणना सम्पन्न भएको ५ स्थानीय तहमध्ये कांग्रेस २, एमाले ३ र माओवादी केन्द्र १ तहमा विजयी भएका छन् । शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेसका लोकेन्द्र शाहीले केआईसिंह गाउँपालिका र कृष्णबहादुर चन्दले बड्डीकेदार गाउँपालिकामा जितेका हुन् । बोगटान गाउँपालिकामा माओवादी केन्द्रका कमल गडसला विजयी भएका छन् । एमालेका तेज बहादुर डुम्रेलले सायल र दीर्घराज बोगटीले पूर्वीचौकी गाउँपालिकामा जितेका छन् ।
गाउँपालिकामा रहेका ७ वटै वडा कब्जा गर्दै केआईसिंह गाउँपालिकामा कांग्रेसका लोकेन्द्र शाहीको प्यानल विजयी भएको छ । उनले एमालेका यज्ञराज जोशीलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । उपाध्यक्षमा कांग्रेसकी मीना विष्ट विजयी भएकी छन् ।
सायल गाउँपालिकामा एमालेको तेजबहादुर डुम्रेल विजयी भएका छन् । उपाध्यक्षमा एमालेकै बिष्ना सिंह विजयी भइन् ।

डडेलधुराको नव दुर्गामा एमाले
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकाको प्रमुखमा एमाले विजय भएको छ । प्रमुखमा एमालेका कविन्द्रबहादुर विष्ट विजयी भएका छन । उप प्रमुखमा कांग्रेसकी डम्बरी ओली विजयी भइन् । नवदुर्गासहित डडेलधुरामा एमाले २ स्थानीय तहमा विजयी भएको छ । २ नगरपालिका र ५ गाउँ पालिकामध्ये परशुराम नगरपालिकाको मात्रै मत गणना जारी छ । उक्त नगरपालिकामा माओवादी केन्द्र अगाडि छ । अन्य स्थानमा अमरगढी नगरपालिका र नवदुर्गा गरी २ मा एमाले, गन्यापधुरा, भागेश्वर र आलिताल गरी ३ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

बैतडीमा मिश्रित परिणाम
बैतडीका १० स्थानीय तहमध्ये ४ को मतगणना सम्पन्न भएको छ । मतगणना सकिएका मध्ये २ तहको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेले जितेको छ ।
दशरथचन्द नगरपालिकामा कांग्रेसका नरेन्द्रसिंह थापा र मीना चन्द विजयी भएका छन् । सुर्नया गाउँपालिकाको अध्यक्षमा कांग्रेसका वीरबहादुर विष्ट र उपाध्यक्षमा एमालेकी लीला विष्ट विजयी भएका छन् । शिवनाथ गाउँपालिका अध्यक्षमा पनि कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा एमालेकी कुस्मा चन्द विजयी भएका छन् । मैलौली नगरपालिकामा कांग्रेसका कृष्णसिंह नायक उपप्रमुखमा पनि कांग्रेसकै राधा ओझा विजयी भइन ।
मतगणना चलिरहेका स्थानीय तह मध्ये पाटन नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । पुर्चाैडी नगरपालिकामा माओवादी अगाडि छ । दोगाडाकेदारमा माओवादीले झिनो मतले एमालेलाई पछि पारेको छ । डिलासैनी गाउँपालिकामा एमाले र सिगासमा सुरुवातदेखि राप्रपाले अग्रता कायम राखेको छ । यी तहको शनिबार रातिसम्म नतिजा आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कैलालीमा कांग्रेस एमाले एक–एक तहमा
कैलालीका १३ स्थानीय तहमध्ये दुई तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । परिणाम आएकामध्ये १ मा एमाले र १ कांग्रेसले जित हासिल गरेका छन । कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकमा एमालेका धनवहादुर रोक्कामगर अध्यक्ष र उपाध्यक्षमा पनि एमालेकै दीपादेवी साउद विजयी भएकी भएका छन् ।
यस्तै फोरम लोकतान्त्रिकको किल्लाको रूपमा रहेको जोशीपुर गाउँपालिकामा कांग्रेसका रामकृष्ण चौधरी अध्यक्ष र गीता चौधरी उपाध्यक्षमा विजयी भएका छन् ।

कञ्चनपुरमा १ गाउँपालिकामा माओवादी
७ नगरपालिका र २ गाउँपालिका समेत ९ स्थानीय तह रहेको कञ्चनपुरमा मतगणना सकिएको १ गाउँपालिकामा प्रमुख र उपप्रमुख माओवादी केन्द्रले जितेको छ । उपप्रमुखमा माओवादीकै सत्यदेवी महरा विजयी भइन् । कञ्चनपुरमा मत गणना भइरहेका बााकी ८ तह मध्ये एमालेले ४ नगरपालिका र १ गाउँपालिका सहित ५ तहमा अग्रता लिएको छ । कांग्रेस ३ तहमा अगाडि छ ।

दार्चुलामा कांग्रेस ४ अगाडि
दार्चुलाका ९ स्थानीय तहमध्ये शनिबारसम्म ८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएको छ भने अन्य दलहरूले खाता खोल्न सकेका छैनन । कांग्रेस २ नगरपालिका र २ गाउँपालिकामा विजयी भएको छ । शनिबार सम्पन्न भएको मतगणनाको नतिजा अनुसार शैल्यशिखर नगरपालिकामा कांग्रेसका अमरसिंह धामी मेयरमा विजयी भएका छन् । उपमेयरमा कांग्रेसकी राजमती पाल विजयी भएकी छन् ।
मालिकार्जुन गाउँपालिकाको प्रमुखमा कांग्रेसका नरेन्द्रसिंह धामी र उपप्रमुखमा एमालेकी पुष्पा अवस्थी विजयी भएकी छन् । नौगाड गाउँपालिकाको प्रमुखमा एमालेका प्रेमसिंह धामी विजयी भएका छन् । गाउँपालिकाको उपप्रमुखमा एमालेकै गौरी विजयी भएकी छन् । यसैगरी दार्चुलाकै मार्मा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । माओवादी केन्द्र जमनसिंह धामी विजयी भएका छन् । यस्तै उपप्रमुखमा एमालेका वागमती ठगुन्ना विजयी भएकी छन् ।

बझाङमा कांग्रेस–एमाले एक–एक नगरमा विजयी
बझाङ दुईवटा नगरपालिका मध्ये कांग्रेस र एमालेले एक/एकमा जित हासिल गरेका छन् । सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुख विजयी भएका छन । भने जिल्लाको दक्षिणी भेगमा रहेको बुंगल नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख जितेको छ ।
शनिबार साँझ सार्वजनिक भएको मत परिणाम अनुसार जयपृथ्वी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका वीरेन्द्रबहादुर खड्का विजय भएका हुन । उपप्रमुखमा एमालेकै जुना जाग्री विजयी भएकी छन् ।
जिल्लाको दक्षिणी भेगमा रहेको बझाङकै बढी मतदाता संख्या रहेको बुंगल नगरपालिकामा भने कांग्रेसका धनबहादुर विष्ट विजयी भएका छन । उपप्रमुखमा पनि कांग्रेसकै मीना जाग्री विजयी भएकी छन् ।
बझाङका १२ वटा स्थानिय तह मध्ये ९ को परिणाम घोषणा भइसकेको छ । जसमा एमालेले १ नगरपालिकासहित ६ र कांग्रेसले १ नगरपालिकासहित ३ स्थानीय तहमा जितेको छ ।

अछाममा कांंग्रेस र माओवादी विजयी
१० स्थानीय तह रहेको अछाममा २ स्थानीय तहको नतिजा सार्वजिक भएको छ । ८ तहमा मतगणना जारी छ । मतगणना सकिएको मेल्लेख गाउँपालिका प्रमुखमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लोकबहादुर बोहरा निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका धनबहादुर शाहा विजयी भए । कमलबजार नगरपालिकामा प्रमुखमा कांग्रेसका ओम प्रकाश विष्ट र उपप्रमुखमा कांग्रेसकै भूमिसरा बजगाई विजयी भएका छन् ।

प्रकाशित : असार १८, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?