कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमुख दलकै पकड

दाङ — जिल्लामा पाँच गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । एमाले र कांग्रेस दुई/दुई तथा माओवादी एक गाउँपालिकामा विजयी भएका छन् ।

एमालेले गढवा र दंगिशरण, कांग्रेसले राजपुर र शान्तिनगर तथा माओवादी केन्द्रले बंगलाचुली गाउँपालिका जितेका छन् । बाँकी पाँच स्थानीय तहमध्ये घोराही र तुलसीपुर उपमहानगरपालिकासहित बबई गाउँपालिकामा एमालेको अग्रता छ भने लमही नगरपालिका र राप्ती गाउँपालिकामा कांग्रेसको अग्रता छ ।
गढवामा एमालेका सहजराम अहिर यादव ३ हजार ६ सय ७७ मत ल्याएर अध्यक्ष र शान्ति चौधरी ३ हजार ५ सय ३५ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लुमाकान्त न्यौपानेले ३ हजार ३ सय ४ र उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शकुन्तला डीसीले ३ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । 
यसैगरी दंगिशरण गाउँपालिका अध्यक्षमा एमालेका भागिराम चौधरी ३ हजार १ सय ६१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वली खड्का ३०६७ मत ल्याएर विजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञनारायण आचार्यले २ हजार ८ सय ४१ र उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी एमालेकी सीमा न्यौपानेले २ हजार ९ सय ४१ मत प्राप्त गरेका छन् । 
शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कमानसिंह डाँगी ३ हजार ८ सय ५२ मत ल्याएर अध्यक्ष र मिथिला शाह ३ हजार ८ सय ९४ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार नेवबहादुर रोका मगरले २ हजार ८ सय ३७ र उपाध्यक्ष राधिका परियारले ३ हजार १ सय २७ मत ल्याएका छन् । 

राप्ती सोनारीमा कांग्रेस विजयी
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाहुराम थारू ८ हजार २ सय ३६ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै धनीकुमारी खत्री ८ हजार २ सय ३ मतसहित विजयी बनिन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम थारूले ६ हजार ९ सय र उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी एमालेका चमेली बागबलले ६ हजार ९ सय २४ मत ल्याए । राप्ती सोनारीका ९ वडामध्ये कांग्रेसले १, ३, ४, ८ र ९, माओवादी केन्द्रले ५, ६ र ७ तथा एमालेले २ नम्बर वडामा विजय हासिल गरेको छ । 
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासहित ५ स्थानीय तहको मत गणना जारी छ । नेपालगन्जमा राप्रपाका धवलशमशेर राणा फराकिलो मतले अगाडि छन् । आइतबार साँझसम्म कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा एमालेले अग्रता लिएको छ । जानकी गाउँपालिकामा माओवादी केन्द्र र संघीय समाजबादी फोरमबीच प्रतिस्पर्धा छ । नरैनापुरमा फोरम र डुडुवा गाउँपालिकामा कांग्रेस विजयी भएको छ । 

मधुवन र बारबर्दियामा माओवादी केन्द्र 
गुलरिया– कांग्रेस र माओवादी केन्द्रले बर्दियाका दुई /दुई स्थानमा विजय हासिल गरेका छन् । आइतबार सम्पन्न मत गणना अनुसार मधुवन नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार गणेश केसी ८ हजार ४ सय ३१ मत प्राप्त गरि विजयी भएका छन् । माओवादी केन्द्रकी सुकरानी चौधरी ७ हजार ५ सय २३ मत ल्याई उपप्रमुख चुनिइन् । प्रमुख पदका प्रतिद्वन्द्वी एमालेका दुर्गा वली ५ हजार ९ सय २३ र उपप्रमुखका प्रतिद्वन्द्वी हिराकुमारी चौधरीले ५ हजार ३ सय १२ मत प्राप्त गरिन् ।
त्यस्तै बारबर्दियामा माओवादी केन्द्रकै दुर्गाबहादुर चौधरी ११ हजार ४२ मत प्राप्त गरि विजयी भए । उनका प्रतिद्धन्दी एमालेका रामबहादुर चौधरीले ८ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी अन्जु दहित ११ हजार ११ मतले विजयी भएकी छन् भने उनको प्रतिद्वन्दी एमालेकी पुष्पा वलीले ८ हजार ६ सय ९५ मत प्राप्त गरिन् । 

गेरुवा गाउँपालिकामा कांग्रेस 
बर्दियाकै गेरुवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जमानसिंह केसी ६ हजार ३ मतसहित विजयी भए । उपाध्यक्षमा कांग्रेसकै हिमाकुमारी चौधरी ५ हजार ५ सय ५३ मत प्राप्त गरि विजयी भइन् । अध्यक्षका प्रतिद्वन्दी माओवादी केन्द्रका विश्व थारूले ५ हजार १ सय ५८ र उपाध्यक्षकी प्रतिद्वन्दी माओवादीकै लिलाकुमारी चौधरीले ५ हजार ३ सय १२ मत प्राप्त गरे । शनिबार गुलरियामा कांग्रेसका मुक्तिनाथ यादव प्रमुखमा र उपप्रमुखमा सुशीला गिरी निर्वाचित भएका थिए ।
 जिल्लाको चार स्थानीय तहको मतगणना जारी छ । पछिल्लो नतिजाअनुसार बढैयाताल, बासगढी र ठाकुरबाबामा एमाले अग्रस्थानमा छ । राजापुर नपामा माओवादी केन्द्र अगाडि छ भने कांग्रेस दोस्रो स्थानमा रहेको छ । 

एमालेको अग्रता, पछ्याउँदै कांग्रेस
प्यूठान– वामपन्थीको किल्ला मानिने प्यूठानमा नेपाली कांग्रेसले दरिलो उपस्थिति जनाएको छ । जिल्लाका ८ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा ३ स्थानीय तह जितेर आफ्नो सशक्त उपस्थिति देखाएको हो । नौबहिनी, गौमुखी र ऐरावती गाउँपालिकामा कांग्रेसले अध्यक्ष पदमा जित हात पारेको छ । नौबहिनीमा माओवादी केन्द्रसँगको तालमेलमा र अन्य २ मा एक्लै भिडेर उसले जित हासिल गरेको हो । 
एमाले स्वर्गद्वारी नगरपालिका, सरुमारानी र माण्डवी गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ । सार्वजनिक नतिजाअनुसार एमालेले तीन स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख जितेको छ । कांग्रेसले तीन स्थानमा प्रमुख र एक स्थानमा उपप्रमुख जितेको छ । राजमो भने प्रमुख, उपप्रमुख गरी २/२ स्थानमा मात्र विजयी भएको छ । माओवादी केन्द्रले अरू दलसँगको तालमेलमा तीन स्थानमा उपप्रमुख हात पारेको छ ।

प्रकाशित : असार १९, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?