कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगली च्याउ खाँदा ३ बिरामी

कान्तिपुर संवाददाता

लमजुङ — जंगली च्याउ पकाएर खाँदा मनाङमा तीनजना बिरामी परेका छन्।

रोल्पाको थवाङ ३ का २० वर्षीय प्रसन्न बुढामगर, ६५ वर्षीय सुरज पुनमगर र ४२ वर्षीया गौसरी बुढामगर बिरामी परेको मनाङका प्रहरी निरीक्षक अर्जुन गहतराजले बताए। त्यहाँ उपचार हुन नसकेपछि उनीहरूलाई शनिबार लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ। तीनैजना चामे गाउँपालिका १, तिमाङमा घर बनाउने काम गर्थे। 

प्रकाशित : श्रावण १५, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?