कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० दिनदेखि बेपत्ता

छोटकरी

जिल्लाको कावासोती नगरपालिका २ भाट्टोलाका ४५ वर्षीय लक्ष्मण थापा १५ दिनदेखि सम्पर्कविहीन भएका छन्।

 

नवलपरासी (कास) उनका परिवारले खोजी गरिदिन पत्रकार, प्रहरी, नागरिक समाजलाई आग्रह गरेका छन्। साउन १ गते काठमाडांैबाट नवलपरासीतर्फ फर्कंदै गर्दा चितवनको मुग्लिनसम्म सम्पर्कमा रहेका उनी एक्कासि सम्पर्कविहीन भएको श्रीमती रुचिका थापाले बताइन्। आमाको अप्रेसनका लागि असार २९ गते काठमाडांै गएका थिए। घरबाट राम्रैसँग निस्किएका र साउन १ गते साँझ ७ बजेसम्म फोन सम्पर्कमा रहेका उनी बेपत्ता भएपछि परिवार पिरोलिएका छन्। उनले कावासोतीमा पुस्तक पसल सञ्चालन र हकरको काम गर्दै आएका थिए।

बाघ दिवसमा र्‍याली
चितवन (कास)– सौराहामा ७ औं विश्व बाघ दिवसका अवसरमा शनिबार चेतनामूलक र्‍याली निकालिएको छ। र्‍यालीमा संरक्षणकर्मी, पर्यटन व्यवसायी, विद्यार्थी, विभिन्न भजन समूहको सहभागिता थियो। ‘बाघ संरक्षणमा सहभागी बनौं,’ ‘२०२२ सम्म बाघको संख्या दोब्बर पारौं,’ ‘बन्यजन्तु तस्करलाई बहिस्कार गरौं’ प्लेकार्ड बोकेर र्‍यालीमा सहभागी हुनेको संख्या उल्लेख्य थियो। बाघ संरक्षण उपसमितिले संयोजन गरेको कार्यक्रममा संरक्षणसम्बन्धी कार्यमा सक्रिय विभिन्न संघसंस्थाको पनि सहभागिता थियो। 

‘क्याराभान’ अभियान
नवलपरासी (कास)– वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी श्रमिकको अधिकार सुरक्षित गर्न शनिबार परासीमा हस्ताक्षर संकलन गरिएको छ। एम्नेस्टी इन्टरनेसनल नेपालद्वारा आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चित र समस्याप्रति सरकारलाई संवेदनशील बनाउने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रव्यापी दबाबमूलक अभियान ‘क्याराभान’ अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो। वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी श्रमिकको अधिकार सुनिश्चित गराउन, श्रमिकको अधिकार उल्लंघन भएको अवस्थामा न्याय कसरी पाउने र सरकारलाई यससम्बन्धी समस्याको सम्बोधन गर्न पहलहरू चाल्न सकारात्मक दबाब दिने उद्देश्यले ‘क्याराभान’ अभियान चलाइएको परासी संयोजक विजय जयसवालले बताए ।

डायलासिस मेसिन थप्दै
बुटवल (कास)– यहाँको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले १० वटा डायलासिस मेसिन थप गर्ने भएको छ। अस्पतलाले अहिलेसम्म ७ वटा मेसिनबाट सेवा प्रदान गर्दै आएको थियो। अब १७ वटा मेसिनबाट डाइलासिस सेवा प्रदान गर्ने काठमाडांै बाहिरको सबैभन्दा ठूलो युनिटका रूपमा स्थापित भएको छ। अहिले अस्पतालमा दैनिक ४५ देखि ५० जना बिरामीले नि:शुल्क डायलासिस सेवा लिइरहेका छन्।

प्रकाशित : श्रावण १५, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?