कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा २ को मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

मोरङ — पूर्वपश्चिम राजमार्गस्थित सुन्दरहरैंचा ९ मा मे१ख २३२३ नम्बर बसले साइकलमा सवार ५० वर्षीय सूर्यबहादुर न्यौपानेलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

यस्तै, सिरहाको गोलबजार ९ स्थित मारुती सिमेन्ट उद्योगभित्र ना३ख ९६१३ नम्बरको ट्रकले ना५ख ८४१५ नम्बरको ट्रकका सहचालक हेटौंडा १४ पदमपोखरीका २२ वर्षीय कान्छा भन्ने च्याङ्बा तामाङलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनायो ।

डुबेर २ को मृत्यु
मोरङ (कास)– सुन्दरहरैंचा ३ स्थित पोखरीमा नुहाउन गएका एक जनाको डुबेर मृत्यु भएको छ । स्थानीय विश्वमित्र राईको घरमा घरेलु कामदारका रूपमा कार्यरत भारतको जल्पाइगुडीका ५४ वर्षीय हस्तबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको हो । यस्तै, सप्तरीको रुपनी गाउँपालिका ६ स्थित पोखरीमा डुबेर स्थानीय अमेरिका चौधरीकी ३ वर्षीय छोरी दीपिकाको मृत्यु भएको छ ।

बगेर बेपत्ता
मोरङ (कास)– सुनसरीको गढी गाउँपालिका ६ स्थित थलहा खोलामा आएको बाढीले बगाउँदा स्थानीय ४५ वर्षीय चैत ऋषिदेव बेपत्ता भएको छ । उनको खोजी भइरहेको प्रहरीले जनायो । 

प्रकाशित : श्रावण २६, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?