कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्ती आक्रमणमा मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

पर्सा — हात्तीले कुल्चिँदा सुवर्णपुर गाउँपालिका–२ इच्छानगर ठोरीका रामकुमार प्रजाका ११ वर्षीय छोरा रिजनको मृत्यु भएको छ । चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीले बिहीबार बिहान कुल्चेको हो ।

हात्ती आक्रमणमा मृत्यु

इलाका प्रहरी ठोरीका अनुसार सुतिरहेका बालकलाई सुँडले बेरेर घरबाट करिब २० मिटर पर सडकमा लगी कुल्चेको थियो । प्रजाको २ वटा घर पनि हात्तीले भत्काएको छ । ठोरी क्षेत्रमा ५ वर्ष अघि वन्यजन्तुको प्रवेश रोक्न निकुञ्जको बाहिरी क्षेत्रमा विद्युतीय तारबार गरिए तापनि त्यो अहिले काम नलाग्ने भएको छ । दुई सातायता प्राय: रातको समयमा गाउँ छिर्ने हात्ती धपाउन अधिकांश ठोरीवासीको रात अनिदो बितिरहेको स्थानीय प्रेम लामाले बताए ।

 

प्रकाशित : श्रावण २७, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?