कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वदेशमै उत्कृष्ट शिक्षा

कान्तिपुर संवाददाता

काठमाडौं — २१ वर्ष अघिदेखि नेपालमै पहिलोपटक बेलायती शिक्षाको अध्ययन गर्ने अवसर दिएको इस्लिङ्टन कलेज नेपालकै उत्कृष्ट शिक्षालयको नामले परिचित छ । स्थापनाकालदेखि हालसम्म करिब ३ हजार विद्यार्थीले नेपाललगायत विश्वका विभिन्न देशमा रोजगारी पाइसकेका छन् ।

स्वदेशमै उत्कृष्ट शिक्षा

विदेशी डिग्री नेपालमै

-अनुश्री मानन्धर, निर्देशक, इस्लिङ्टन कलेज

इस्लिङ्टन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धन लिएको छ । कलेजमा बीबीए र सूचना प्रविधिअन्तर्गतको तीनवर्षे कोर्स कम्प्युटिङ, नेटवर्किङ एन्ड आईटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलजी सञ्चालन भइरहेका छन् । व्यवस्थापनअन्तर्गत चारवर्षे बीबीएमा इन्टरनेसनल बिजनेस, फाइनान्स र मार्केटिङ विषयमा अध्ययन गर्ने व्यवस्था छ । इस्लिङ्टनमा अध्ययन गर्ने विद्यार्थर्ीमध्ये ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेका छन् । लन्डन मेट्रोपोलिटियन विश्वविद्यालकै सम्बन्धनमा पोखरामा इन्फोमेटिक्स र इटहरीमा इटहरी इन्टरनेसनल कलेज, त्यसैगरी वाल्भरहयाम्टन विश्वविद्यालयको सम्बन्धनमा विराटनगरमा मेरिल्यान्ड कलेज तथा काठमाडौंमा हेराल्ड कलेज सञ्चालित छन् । 

बेलायतको अनुभव काठमाडौंमा 


-राजन कँडेल, सीईओ, ब्रिटिस कलेज 
प्लस टु सकाएपछि विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूमा मोह छ । तर, विदेशमा गएर राम्रो ग्रेड ल्याएर पढाइ सक्न निकै कठिन छ । स्नातकसम्म आफनै बाबुआमा र परिवारका अरु सदस्यको निगरानीमा बसेर पढ्नु उपयुक्त हुन्छ । टिनेजर्स प्लस टु सकाएका विद्यार्थीहरू विदेशमा आफन्तको सहयोग भएन भने सिक्ने अवसरबाट वञ्चित हुन सक्छन् । विगतमा स्वदेशमा राम्रा शैक्षिक संस्था नहुँदा बाध्यताले विदेश जानुपथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । स्वदेशमै धेरै राम्रा शैक्षिक संस्थाहरू छन् । नेपाली कलेजले विदेशी विश्वविद्यालयबाट सम्बन्धन ल्याएर स्वदेशमै कम खर्चमा विदेशी डिग्री पढाइरहेका छन् । त्यसमध्येको हाम्रो बिट्रिस कलेज पनि हो । हामी बेलायतको डिग्री नेपालबाटै दिन्छौं । बेलायतमा जुन पाठ्यक्रम पढाइ हुने हो, त्यही पाठ्यक्रम यहाँ हाम्रोमा पढाइ हुन्छ । पढाउने विधि उही हुन्छ । हामीले बेलायतको युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्यान्ड र लिड्स बेकेट युनिभर्सिटीको बीबीए, बीएस्सी होन्स कम्प्युटिङ, एमएस्सी इन्टरनेसन बिजनेस म्यानेजमेन्ट र एमबीबीए एक्ज्युकेटिभ कोर्स पढाइरहेका छौं । बेलायती विश्वविद्यालयको अनुभव हामी काठमाडौंमै दिइरहेका छौं । 


सस्तो शुल्क 


-सृष्टि बुढाथोकी, निर्देशक, हेराल्ड कलेज
शिक्षाको माध्यमबाट जीवन बदल्ने अभियानका रूपमा लागेको इनोभेट नेपाल ग्रुपअन्तर्गतको यस कलेजमा बेलायतको सरकारी विश्वविद्यालय उल्भरहयाम्टनसँगको सहकार्यमा अन्तराष्ट्रिय डिग्री स्वदेशमै दिन्छौं । दुई वर्षअघि सञ्चालनमा आएको यस कलेजमा अहिले विद्यार्थर्ीको आकर्षण बढेको छ । हेराल्ड कलेजमा विद्यार्थीले बेलायती बीबीए र आईटी डिग्री पाउँछन् । अन्तर्राष्ट्रियस्तरको भौतिक पूर्वाधार, शैक्षिक प्रणाली तथा व्यवस्थापनले यस कलेजलाई अन्यभन्दा छुट्टै बनाएको छ । अन्तर्राष्ट्रियस्तरको पढाइले हाम्रा विद्यार्थी नेपालमा मात्रै हैन अन्तर्राष्ट्रिय बजारमा पनि बिक्न सक्नेछन् । लेक्चर, टयुटोरियल र वर्कसपको अन्तर्राष्ट्रिय विधिबाट पढाइ हुने यस कलेजले व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ । केही दिनअघि मात्रै हाम्रा २ जना विद्यार्थीहरू युनिभर्सिटी अफ उल्भरहययाम्पटनको शैक्षिक भ्रमण गरेर फर्किएका छन् । त्रिभुवन विश्वविद्यालयको समकक्षता र नेपाल सरकार शिक्षा मन्त्रालयको अनुमतिमा सञ्चालित यस कलेजमा हाल काठमाडांै उपत्यकाका विद्यार्थी मात्रै नभई नेपालका विभिन्न जिल्लाका विद्यार्थीको चाप बढेको छ । सस्तो शुल्कमा अन्तर्राष्ट्रिय डिग्री पाइने भएपछि विद्यार्थीमा यस कलेजप्रति क्रेज बढेको छ ।

रोजगारीको अवसर 


-सम्झना बस्न्यात, प्रिन्सिपल, आईएसटी कलेज 
अस्ट्रियाको साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेसको सम्बन्धन तथा नेपाल सरकार, शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालित इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल मेनेजमेन्टले विगत १४ वर्षदेखि काठमाडौंको ज्ञानेश्वरमा होटल मेनेजमेन्ट र टुरिजम विषयमा इन्टरमिडिएट तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ । नेपालमा युरोपियन हस्पिटालिटीको डिग्री दिने यो पहिलो कलेज पनि हो । युरोपमा पनि अस्ट्रियन हस्पिटालिटी अति नै सर्वोकृष्ट मानिन्छ । यस कलेजबाट प्रदान गरिने डिग्रीलाई तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणपत्र प्रदान गरिएको छ । साथै यस कलेजले यही शैक्षिकसत्रदेखि एसईईपछि राष्ट्रिय परीक्षा बोर्ड र अस्ट्रियाको टुरिजम स्कुल साल्जबर्गबाट पनि पर्यटन तथा होटल मेनेजमेन्ट विषयमा डिग्री प्रदान गरिरहेको छ । स्वदेशमै अन्तर्राष्टियस्तरको भौतिक पूर्वाधार, ख्यातिप्राप्त विदेशी विश्वविद्यालयको डिग्री माध्यमस्तरको शुल्कमा पाउनु भनेको विद्यार्थी तथा अभिवाकहरूका लागि खुसीको कुरा हो । यस कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले स्वदेश तथा विदेशका तारे तथा अन्तर्राष्ट्रिय चेन होटलहरूमा रोजगारीको राम्रो अवसर प्राप्त गरिरहेका छन् ।

शैक्षिक वातावरण 


-नरबहादुर विष्ट, प्रिन्सिपल, युनिग्लोब कलेज
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बीबीए, बीबीए–बीआई, एमबीए तथा एमबीए–फाइनान्स तहमा पढाइ हुन्छ । व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गर्दै अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न चाहने जोकोहीलाई पहिलो गन्तव्य यो कलेज हो । ६ रोपनी क्षेत्रफलमा फैलिएको कलेजको पूर्वाधार, बगैंचाले शैक्षिक वातावरणलाई थप ऊर्जा थपेको छ । जहाँ उत्कृष्ट ढंगले पठनपाठन हुन्छ, त्यहाँको उत्पादन निश्चय नै उत्कृष्ट हुन्छ । कम्प्युटर ल्याब तथा व्यवस्थित पुस्तकालयको व्यवस्था गरिएको छ । प्रभावकारी अभिमुखीकरण कार्यक्रम, प्रोजेक्ट वर्क तथा प्रस्तुति, केस स्टडी प्रतियोगिता, बिजनेस प्लान प्रतियोगिता, उद्यमशीलता विकास कार्यक्रमलगायतलाई निरन्तर दिने गरेका छौं । वित्तीय क्षेत्रसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा बाक्लो उपस्थितिका साथै कार्य सम्पादन गर्ने उनीहरूको अद्भुत क्षमताले पनि युनिग्लोबले दिने अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको औचित्य पुष्टि भएको छ ।
 
रोजगारमुखी शिक्षा


 -डम्बरसिंह ऐर, प्रिन्सिपल, किस्ट कलेज 
किस्ट कलेजसँग २२ वर्षको इतिहास छ । वर्तमानसम्म आइपुग्दा उत्कृष्ट कलेजका रूपमा स्थापित हुन सक्नु कलेजको सराहनीय पक्ष हो । शिक्षालाई नियमितता मात्र नठानी गुणस्तरीय, रोजगारमुखी र प्रतिस्पर्धात्मक बनाउँदै क्षमतावान् युवा तयार गर्नु कलेजको प्रमुख उद्देश्य हो । भौतिक पूर्वाधार, ल्याब, लाइब्रेरी आदिको उचित व्यवस्थापन, पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिने गरेका छौं । विद्यार्थीका लागि सेमिनार, वर्कसप, अन्तरक्रिया, ट्रेनिङ आदि आयोजना गरेर पढाइलाई सहज बनाएका छौं । ११, १२, स्नातक र स्नातकोत्तरसम्मको अध्यापन हुने यस कलेजका विद्यार्थीहरूले विभिन्न संकायबाट विभिन्न समयमा टप गरेर संस्थाको सान अझ उँचो बनाएका छन् । 

व्यावहारिक ज्ञान 


 -सबिन्द्र महर्जन, सीईओ, आईआईएमस कलेज 
यस कलेजले स्थापनाकालदेखि नै व्यावहारिक शिक्षालाई मध्यनजर गरी आफ्ना कक्षाहरू सञ्चालन गर्दै आएको छ । एसियाको २ सय ५० उत्कृष्ट र मलेसियाको ५ उत्कृष्ट निजी विश्वविद्यालय, यूसीएसआई विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेसँगै कलेजको जिम्मेवारी अझै सुदृढ भएको छ । विश्वस्तरीय विश्वविद्यालयबाट अध्ययनपश्चात् विद्यार्थीहरू अन्तर्राष्ट्रिय बजारका लागि नेपालमा नै रहेर तयार हुन्छन् । यस कलेजमा सञ्चालन हुने बीआईटी, बीएचम र बीबीए कार्यक्रम शिक्षा मन्त्रालयबाट स्विकृत प्राप्त गरी चलाइएको हो । त्यस्तैगरी त्रिभुवन विश्वविद्यालयबाट तीनैवटा कार्यक्रमका लागि समकक्षता पनि प्राप्त भइसकेको छ । गुणस्तरीय पठनपाठन, व्यक्तित्व विकास तथा व्यावहारिक ज्ञान प्रदान गर्न यस कलेजले कुनै पनि सम्झौता गर्दैन । 

पढाइबाहेक करिअर काउन्सिलिङ


 -राजीव क्षेत्री, एकेडेमिक हेड, पाटन कलेज 
युनिभर्सिटी अफ बेडफोर्डसायर, बेलायतबाट सम्बन्धन प्राप्त ‘पाटन कलेज फर प्रोफेसनल स्टडिज’ ले स्नातक स्तरको बीएस्सी, अनर्स इन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन कार्यक्रम सुरु गरेको छ । हाम्रो विश्वविद्यालयबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीले ६ महिनामै काम गर्न थाल्छन् वा उच्च अध्ययनतिर लाग्छन् । 
यही कोर्स हामी नेपालमा पढाइरहेका छौं । विद्यार्थीले चाहेमा यस कलेजमा पहिलो वर्ष पढेर बाँकी वर्ष बेलायतमै पढ्न सकिन्छ । कलेजमा अत्याधुनिक पूर्वाधारको व्यवस्था गरिएको छ । डिजिटल पुस्तकालयसमेत उपलब्ध छ । ‘प्रेजेन्टेसन रुम’, डिजिटलाइज्ड छ । यहाँ अध्ययनरत विद्यार्थीहरूको अध्ययन सकिन लाग्दा कलेजले उनीहरूलाई जागिर गर्न वा आफ्नै व्यवसाय सुरु गर्न विशेष मार्गदर्शनको लागि करिअर काउन्सिलिङको व्यवस्थासमेत गरेको छ ।

बहुआयामिक व्यावसायिक शिक्षा


 -माधवप्रसाद न्यौपाने, प्राचार्य, नेसनल कलेज
सन् १९९६ मा स्थापित कलेज उच्च शिक्षा अध्ययन गराउने एक अग्रणी उत्कृष्ठ शैक्षिक संस्था हो । काठमाडौं विश्वविद्यालयको सम्बन्धन लिएर बहुआयामिक शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कलेजले ब्याचलर इन डेभलपमेन्ट फाइनान्स कार्यक्रम चलाइरहेको छ । यो वित्तीय तथा व्यापार, विकास अर्थतन्त्र र स्वउद्यम विकासका लागि व्यावहाहिक शैक्षिक कार्यक्रम हो । त्यस्तै ब्याचलर अफ सोसियल साइन्स विषय पनि पढाइ हुन्छ । यो सामाजिक विज्ञान, समाज र सामाजिक परिर्वतनका गतिशीलताको विषयवस्तुमा आधारित कार्यक्रम हो । ब्याचलर इन डेभलपमेन्ट स्टडिज कार्यक्रम दिगो सामाजिक विकास र अभ्यास विषयवस्तुमा आधारित कार्यक्रम हो । विभिन्न सेमिनार, कार्यशाला गोष्ठी, विख्यात व्यक्तिहरू अतिथि वक्ताहरू, अन्तरक्रियात्मक समूह कार्य, 
अध्ययन भ्रमण र इन्टर्नसिपलगायत सहअध्ययन क्रियाकलापहरूले यो कलेज जीवनोपयोगी सीप र व्यक्तित्व विकासका लागि अब्बल शैक्षिक गन्तव्य रहेको छ । 

लगानीको सही सदुपयोग


-प्रजित के तिमल्सिना, प्रिन्सिपल, नर्भिक बिजनेस कलेज 
शिक्षा क्षेत्रमा केही गरौं भन्ने जोस, जाँगर र सीप भएका शैक्षिक व्यक्तिहरूले सञ्चालित कलेज हो । नियमित पाठ्यक्रमका साथै विद्यार्थीका क्षमता अभिवृद्धि गर्ने खालका अन्य बौद्धिक तथा सीपमूलक कार्यक्रमहरू प्रत्येक सेमेस्टरमा प्रदान गरिएकै कारण हाम्रा विद्यार्थी विश्वविद्यालयमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको छ । बीबीए पढ्न चाहेका हरेक विद्यार्थीले यस कलेजमा भर्ना भई आफूले लगानी गर्ने समय र पैसाको सही सदुपयोग गर्न सक्छन् । विद्यार्थीको जोस जाँगर अनि गुणस्तरीय नतिजाको कारणले गर्दा हामी ढुक्क छौं कि ‘सबैको लागि शिक्षा र उन्नत शिक्षाको लागि नर्भिक बिजनेस कलेज’ भन्ने नारा सबैको मन मस्तिष्कमा बस्दै गएको छ ।
 
सस्तोमा आईटी र व्यवस्थापन


 -पंकज जलान, अध्यक्ष, लर्ड बुद्ध एजुकेसन फाउन्डेसन
क्याम्पसले हालै एसिया प्यासिफिक युनिभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बीएसस्सी आईटी र बीबीएम विषयमा अध्यापन गराउँदै आएको छ । युनिभर्सिटी मलेसियाको प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हो जुन २०११ र २०१३ मा मलेसियन योग्यता मापन एजेन्सीको र्‍याङकिङमा उत्कृष्ट ठहरिएको छ । सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधिजस्ता अत्याधुनिक विषयहरूको पठनपाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारमुखी कार्यक्रमहरूको अवधारणालाई विशेष महत्त्वका साथ अवलम्बन गरेको छ । हाम्रो कलेजमा पढाइ हुने विषय विश्वविद्यालयमा १० हजार विद्यार्थीहरू पूर्णकालीन रूपमा अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीहरूमध्ये आधा मलेसियाका र आधा विद्यार्थी १ सय १० देशबाट अध्ययन गर्न आएका हुन् ।
 
जेहेनदार विद्यार्थी खोजी


-एलपी भानु शर्मा, प्रिन्सिपल, एपेक्स कलेज
हाम्रो उद्देश्य नैतिक र सचेत नेतृत्व विकास गर्ने हो जसले सिर्जनशील शिक्षा, अनुसन्धान र सम्पर्कको माध्यमबाट हामी रहेको समुदाय परिवर्तन गर्न सकून् । हामी विद्यार्थीको इमानदारिता, विशिष्टता साथै व्यक्ति र समाजप्रति अनि विविधताप्रति उसको सम्मानलाई मूल्यवान् ठान्छौं । एपेक्समा ब्याचलर लेभलमा बीबीए, बीबीए–बीआई, बीसीआईएस र बीबीए–टीटी पढाइ हुन्छ । एक नेतृत्वदायी बिजनेस स्कुलको हिसाबले हामी सधैं तीक्ष्ण, मिहिनेती र जेहेनदार विद्यार्थीको खोजीमा हुन्छौं जो व्यक्तिगत र व्यावसायिक जीवनमा चम्किन सकून् । हामीकहाँ विद्यार्थीको अघिल्ला शैक्षिक तथ्यांक, प्रवेश परीक्षा र बृहत् खालको अन्तरवार्ताको आधारमा विद्यार्थी छनोट गरिन्छ । एपेक्समा पढाइबाहेक विद्यार्थीको सम्भावित र वास्तविक क्षमता प्रस्फुटन गराउन विभिन्न किसिमका अवसरहरू प्रदान गरिन्छ । क्लब र प्रोजेक्टको माध्यमबाट विद्यार्थीहरू आफैंले वर्षभरि गर्ने कार्यक्रम र गविविधिको योजना बनाउने, व्यवस्थापन गर्ने र कार्यान्वयन गर्ने काम गर्छन् ।

प्रकाशित : श्रावण २८, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?