कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोगा नलाग्दै सुके

कान्तिपुर संवाददाता

प्यूठान — उन्नत जातको भनेर लगाइएको मकैको बोट घोगा नलाग्दै सुकेको छ । मकै सुकेपछि प्यूठान दम्ती गेजबाङ क्षेत्रका किसान चिन्तित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र स्थानीय एग्रोभेटबाट ‘हाइब्रिड’ जातको भनेर लगेर छरेको मकै सुकेको किसानहरू बताउँछन् । राम्रो उत्पादन हुने भनेर लगाएको मकैका डाँठ कुहिएर सुकेको हो । परम्परागत रूपमा लगाउँदै आएको स्थानीय जातको बीउ छरेका बाहेक गाउँभरि सबैको बारीका मकै सुकेको प्यूठाननगरपालिका–८ गेजबाङकी हुमा घिमिरेले बताइन् ।

 ‘सुरुमा एक/दुईवटा बोट कुहिएर सुके’ घिमिरेले भनिन, ‘पछि चार/पाँच दिनमै पाटाभरि नै सुकेर स्याल्याप्पै भयो ।’ उनले डाँठ कुहिएर सुकेको कमैका बोट गाई भैंसीले समेत नखाने बताइन् । ‘डाठ कुहिएका छन्,’ उनले भनिन्, ‘बारीमा पस्दा गहनाएर पस्न नमिल्ने हुन्छ ।’ उनले वर्ष दिनसम्म आटो खाने र भैंसीलाई दानामा प्रयोग गर्ने मकैमा रोग लाग्दा किसानलाई निकै मर्का परेको बताइन् । उननका अनुसार धान नफाल्दैबाट सुक्न थालेको धान फलिसक्दा सबै बोट सुकेका हुन् ।
 मकै घोगा नलाग्दै सुकेपछि किसानहरू गुनासो लिएर जिल्ला कृषि विकास कार्यालयमा जाने तयारी गरेको स्थानीय शशिधर पण्डितले बताए । ‘गत वर्ष जिल्ला कृषि विकास कार्यालयले देउकी भनेर दिएको मकैमा पनि यस्तै खालको रोग देखापरेको थियो,’ उनले भने, ‘यसपालि त स्थानीय एग्रोभेटबाट ‘कञ्चन’ जात भनेर लिएर छरेकोमा समेत रोगले सखाप पार्‍यो ।’ किसानको मुख्य बाली मकैमा रोग लागेपछि सबै किसान चिन्तीत भएको पण्डितले बताए । 
कम गुणस्थरका बीउ बिजनका कारण किसानले निकै दु:ख पाएको उनको गुनासो छ । ‘मकैमा मात्र होइन,’ पण्डितले भने, ‘मुला काउली, लगायत तरकारी बालीसमेत बीउ राम्रो नहुँदा किसानलाई धेरै मर्का परेको छ ।’ जिल्लामा गुणस्तरी बीउ बिजनमा जिल्ला कृषि विकास कार्यालयको ध्यान नपुर्‍याउँदा किसानले राम्रो उत्पादन गर्न नसकेको उनले बताए । 
दम्ती गेजबाङका रीता केसी, खगेश्वर पण्डित, ईश्वरी पण्डित लगायत एक दर्जन किसानको एक सय रोपनी बढी क्षेत्रफलमा लगाएको मकैमा रोग लागेर सुकेका छन् ।
 यस्तै प्यूठान नगरपालिका–४ बिजुवार टारी क्षेत्रका किसानको समेत कमैको डाँठ कुहिएर सुकेको जिल्ला कृषि विकास कार्यलयमा गुनासो आएको कार्यालयले जनाएको छ । 
 कमैका डाठ कुहिएर बोट सुकेको जिल्ला कृषि विकास कार्यालयमा गुनासो आएको कार्यालयका बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बताए । ‘किसानको बारीका गएर हेर्न पाइएको छैन,’ खत्रीले भने, ‘लक्षण बुझा ब्याक्टेरियाबाट सर्न रोग होजस्तो लागेको छ ।’ 

प्रकाशित : श्रावण २९, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?