कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बबई पुल भासियो

कान्तिपुर संवाददाता

बर्दिया — सदरमुकाम गुलरिया हुँदै उत्तर–दक्षिण र पूर्व–पश्चिम राजमार्ग जोड्ने जब्दीघाटस्थित बबई नदीको पुल भासिएको छ । पप्पु कन्स्ट्रक्सनद्वारा दुई वर्षअघि निर्मित उक्त पुल हस्तान्तरण नहुँदै भासिएको हो ।

प्रजिअ विष्णुबहादुर थापाका अनुसार पुल भासिएपछि यातायात ठप्प भएको छ । ४ सय २५ मिटर लामो पुल भासिएपछि उत्तरी भेगसँग यातायात सम्पर्क विच्छेद भएको छ । तीन वर्षअघि स्थानीयले पटकपटक पुल कमसल भएको भन्दै विरोध गरेका थिए । गुलरिया–नेपालगन्ज सडक खण्डको भादा पुल नजिकको भाग पनि बाढीले बगाउँदा आवागमन बन्द छ ।

प्रकाशित : श्रावण ३१, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?