कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले विद्यालयमा क्षति

गोरखा — धार्चे गाउँपालिका ३ उहिया खोलास्थित सातकन्या माध्यमिक विद्यालयको कक्षाकोठामा पहिरोले क्षति पुगेको छ । विद्यालय पछाडिको ढिस्कोबाट खसेको पहिरोले भूकम्पपछि बनाइएको अस्थायी टहरोमा पूर्णरूपमा क्षति पुगेको शिक्षक अमित गुरुङले बताए ।

‘कक्षाकोठामा नै ठूलाठूला ढुंगा पसेर क्षति पुगेको छ,’ उनले भने । 
पहिरोमा खसेर ढुंगा माटोले डेक्स बेन्चसमेत भाँचिएको उनले बताए । ‘टहरोमा कक्षा बनाएर पढाइ भएको थियो, पहिरोले कक्षा कोठा पुरिएपछि पढाउने ठाउँ पनि छैन,’ उनले भने । कक्षा ७ को कक्षाकोठालगायत ४/५ वटा कक्षामा पहिरो हटाए पनि पठनपाठन गर्न जोखिमपूर्ण हुने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १८, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?