कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुक्कसँग घर जाने कसरी ?

छिनछिनमा नारायणगढ–मुग्लिन सडक बन्द भयो र खुल्यो भन्ने समाचार पढ्दै गर्दा दसैंमा घर जाने सपना कतै तुहिने त होइन भन्ने डर कताकता पलाइरहन्छ ।

मंगलबार बेलुका सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक केही छिनमै फेरि सुचारु भएको छ भन्ने खबर सुन्दा खुसी हुनुपर्ने कुनै ठाउँ त छैन, तर पनि दसैंमा घर जान पाइने भयो भन्ने खुसी हुने रै’छ मन । चितवन जिल्ला प्रहरी कार्यालयमा फोन गरेर बुझेपछि बल्ल ढुक्क भइयो । प्रहरीले रातभरि पहिरो पन्छाएर राति १ बजेदेखि सडक सुचारु गरेछन् । मंगलबार साँझ ७:४० बजे चट्टानसहितको पहिरो खसेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो । वर्षौंदेखि लगातार बनिरहेको उक्त सडकमा काम पूरा नहुने हो कि पूरा गर्न नचाहेको हो, केही बुझ्न सकिएन । पानी पर्दा हिलो, पहिरो, पानी नपर्दा सुख्खा पहिरो खसेर ज्यानको बाजी लगाएर घर जानुपर्ने समस्या कहिलेसम्म हो, सरकार ?
– लक्ष्मण आचार्य
बर्दघाट–१३, नवलपरासी

प्रकाशित : भाद्र २९, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?