कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुण्यतिथिमा छात्रवृत्ति

छोटकरी

कपिलवस्तु — वाणगंगा नगरपालिका ११ बस्ने महेन्द्र अर्यालले आफ्ना बुबाको १७ औं वार्षिक पुण्यतिथिका उपलक्ष्यमा गरिब जेहेनदार विद्यार्थी, ज्येष्ठ नागरिकलाई छात्रवृत्ति र सम्मान गरेका छन् ।

उनले उक्त वडाका ८० वर्षमाथिका ३ ज्येष्ठ नागरिकलाई जनही दुई हजार प्रदान गरेर सम्मान गरे । त्यस्तै गरिब र जेहेनदार ३ विद्यार्थीलाई जनही एक हजार र शैक्षिक सामग्री प्रदान गरे । वार्षिक पुण्यतिथिका उपलक्ष्यमा रक्तदान गर्ने २० जनालाई सम्मानपत्र प्रदान गरे । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?