१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

राजपा संयोजकसहित एमालेमा

छोटकरी

गुलरिया — राष्ट्रिय जनता पार्टी बर्दिया संयोजक धनेशकुमार यादवसहित एक हजारभन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

सदरमुकाममा आइतबार आयोजित कार्यक्रममा राजपा नेतृ पूर्णकला श्रीवास्तव, मालेका जिल्ला सचिव भीमबहादुर चन्द, माधव कुँवर तथा कांग्रेस, राप्रपालगायत मधेसवादी दलका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले प्रवेश गर्ने विभिन्न पार्टीका नेता कार्यकर्तालाई स्वागत गरे । जिल्ला पार्टी सचिव शालिराम अधिकारीका अनुसार हजारभन्दा बढी एमाले प्रवेश गरेका छन् । राजपा संयोजक यादव सद्भावना पार्टीका पूर्वजिल्ला अध्यक्षसमेत हुन् ।

 

प्रकाशित : आश्विन २, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?