‘उकाली ओराली’ बजारमा

काठमाडौं — गीतकार ईश्वर श्रेष्ठको पहिलो गीति एल्बम ‘उकाली ओलारी’ घटस्थापनाको अवसर पारेर बिहीबार विमोचन गरिएको छ । पाँच गीत समावेश एल्बममा ‘वारिपारि’ नामक तीज गीत बोनसको रूपमा एल्बममा राखिएको छ ।

‘उकाली ओराली’ बजारमा

दीपक शर्माको एकल संगीत तथा ईश्वर श्रेष्ठको एकल रचनामा गायक/गायिका रामकृष्ण ढकाल, राजेशपायल राई, स्वरूपराज आचार्य, बिन्दु परियार, सुरेश लामा, प्रताप लामा, विक्रम राई, ध्रुव बिस्को, मेनुका राईले स्वर दिएका छन् । आमोस तामाङको संगीत संयोजन रहेको छ । 
कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण श्रेष्ठले सांगीतिक क्षेत्रमा ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ ले सांगीतिक विकासमा नयाँ इँटा थपोस् भन्दै शुभकामना दिएका थिए भने गीतकार राजेन्द्र थापाले हरेक गीतले दर्शक, श्रोताको मन छुने सरल किसिमको रहेको बताए । गीतकार संघका अध्यक्ष चूडामणि दाहाललगायतले ‘उकाली ओराली’ एल्बमको सफलताको शुभकामना दिए । एल्बममा समावेश गीत ‘ओरालो झरे जस्तो...’ को भिडियोसमेत सार्वजनिक गरियो । विकास लामिछाने र रिमा विश्वकर्माको फिचरिङ रहेको उक्त म्युजिक भिडियोमा रामकृष्ण ढकालको स्वर छ भने निर्देशन युवराज वाइबाले गरेका हुन् । संगीतकार दीपक शर्माले एल्बममा समावेश गीतलाई न्याय गर्ने कोसिस आफूले गरेको बताए ।

 

प्रकाशित : आश्विन ६, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?