कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिका म्युजिक अवार्डको मनोनयन

कान्तिपुर संवाददाता

चितवन — कालिका एफएमले यो वर्ष पनि कालिका एफएम म्युजिक अवार्ड प्रदान गर्ने भएको छ । एफएमले असोज २६ गते वितरण गरिने अवार्डको मनोनयन सार्वजनिक गरेको छ । पन्ध्रौं वार्षिकोत्सवको अवसरमा २६ विधामा १३ औं कालिका एफएम म्युजिक अवार्ड प्रदान गर्न लागिएको हो ।

लाइफटाइम एचिभमेन्ट अवार्ड भने राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिने भएको छ । एफएमकी स्टेसन म्यानेजर रिना गुरुङका अनुसार, सर्वोकृष्ट नेपाली आधुनिक, पप, चलचित्र, लोकदोहोरी, गजल, राष्ट्रिय गीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । सार्वजनिक गरिएको मनोनयनअनुसार, सर्वोकृष्ट आधुनिक पुरुष गायनतर्फ प्रमोद खरेल, हेमन्त शर्मा, रामकृष्ण ढकाल, युवराज चौलागाईं र किशोर सिवाकोटी छन् ।
महिला आधुनिक गायनतर्फ मिलन अमात्य, अञ्जु पन्त, रजिना रिमाल, सत्यकला राई र मेलिना राई छन् । आधुनिक गीतको म्युजिक कम्पोजिसनमा अर्जुन पोखरेल, सुनील मास्के, राजकुमार बगर, ताराप्रकाश लिम्बू र आनन्द राई मनोनयनमा परेका छन् । आधुनिक गीत रचनातर्फ रमेश बीजी, मनोज गुरुङ, मणिराज बस्नेत, एकनारायण भण्डारी र शीतल कादम्बिनी छन् । फिल्मको पुरुष गायनतर्फ सुगम पोखरेल, अल्मोडा राना उप्रेती, राजनराज सिवाकोटी, कालीप्रसाद बाँस्कोटा र रोहित जोहन क्षेत्री मनोनयनमा परेका छन् । त्यस्तै, महिला फिल्मी गायनतर्फ मीना निरौला, इन्दिरा जोशी, अञ्जु पन्त, मेलिना राई र रजिना रिमाल परेका छन् । फिल्म म्युजिक कम्पोजिसनतर्फ कोशिस क्षेत्री, दीपक शर्मा, वसन्त सापकोटा, हर्कुलश बस्नेत र कालीप्रसाद बाँस्कोटा छन् ।
फिल्मको सर्वोकृष्ट रचनाकारमा सुदर्शन थापा, शान्तिप्रिय, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटी र डा. कृष्णहरि बराल मनोनयनमा परेका छन् । त्यस्तै, सर्वोकृष्ट पुरुष पप गायनतर्फ हेमन्त राना, शिव परियार, कमल खत्री, दीपक बज्रचार्य र विश्व नेपाली छन् । महिलातर्फ मेलिना राई, तृष्णा गुरुङ, इन्दिरा जोशी, टीका प्रसार्इं र आकांक्षा बस्याल छन् । पप म्युजिक कम्पोजिसनमा आशिष अविरल, रमेशराज भट्टराई, हिमाल सागर, कमल क्षेत्री र भरत सिटौला छन् । पप गीत रचनातर्फ हिमाल साउद, एकनारायण भण्डारी, सुनील गिरी, योगेन्द्रमणि दाहाल र भूपेन्द्र खडका छन् । पप ब्यान्डतर्फ नेपथ्य, कन्दरा, १९७४ एडी, कर्मा र एक्सिस ब्यान्ड छन् ।
सर्वोकृष्ट लोकदोहोरी पुरुष गायकतर्फ रामजी खाँण, विरही कार्की, राजु परियार, पशुपति शर्मा र बद्री पँगेनी, महिलातर्फ जुनु रिजाल, देवी घर्तीमगर, शिला आले, मञ्जु पौडेल र भूमिका गिरी छन् । लोकदोहोरी टयुनतर्फ रामजी खाँण, एकनारायण भण्डारी, वसन्त थापा, रमिला न्यौपाने र शिरीष देवकोटा छन् । लोकदोहोरी शब्दतर्फ मिलन लामा, काजीबाबु अर्याल, विदुर शर्मा, पुष्कल शर्मा र रमेश बीजी छन् । लोकल लोकदोहोरी गायकतर्फ लक्ष्मी दाहाल, ढाकाराम पौडेल, मिलन लोप्चन, विक्रम क्षेत्री र मनोज घिमिरे छन् । सर्वोकृष्ट मिड नेपाल गायनतर्फ रमेश थनेत, विराज लामा, मनोज महतो, सुरेश लामा र युवराज कँडेल छन् ।
सर्वोकृष्ट म्युजिक एरेन्जरतर्फ महराज थापा, बिबी अनुरागी, मोहित मुनाल, सचिन सिंह र राजन इसान छन् । डेब्यु गायनतर्फ ममता गुरुङ, मार्कुश दास, सुनील मगर, शोभा पाण्डे र मीरा कार्की छन् । वर्षको सर्वोकृष्ट गीतमा हेमन्त रानाको ‘सुन साइली...’, निश्चल बस्नेत र मीना निरौलाको ‘काले दाइ...’, कालीप्रसाद बाँस्कोटाको ‘निर जहिले रिसाउने...’, राजनराज सिवाकोटी र अञ्जु पन्तको ‘पूर्व पश्चिम रेल...’ र राजनराज सिवाकोटी, मेलिना राई, राजन इसानको ‘ कुटुमा कुटु...’ मनोनयनमा परेका छन् । डोयट गायनतर्फ सुगम पोखरेल र अञ्जु पन्त, राजनराज सिवाकोटी र अञ्जु पन्त, सञ्जीव पराजुली र टीका प्रसाईं, कालीप्रसाद बाँस्कोटा र मेलिना राई, रोहितजंग क्षेत्री र श्रेया सोताङ छन् । सर्वोकृष्ट गजल, राष्ट्रिय गीत र उत्कृष्ट म्युजिक भिडियोतर्फ ५/५ वटा मनोनयनमा परेका छन् ।

प्रकाशित : आश्विन ११, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?