कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वभौमसत्ताका पहरेदार पक्राउ

सार्वभौमसत्तासम्पन्न स्वतन्त्र मुलुक नेपालका नागरिक देवनारायण यादव भारतीय भूमिमा सीमा सुरक्षा बलद्वारा पक्राउ भन्ने समाचार सुन्दा दु:ख लाग्यो ।

सार्वभौमसत्ताका पहरेदार पक्राउ

देवनारायण ती व्यक्ति हुन् जो आजभन्दा एक वर्षपहिले सीमा अतिक्रमण गर्दै सप्तरी जिल्लाको खाडो खोलामा बाँध बाँध्न भारत सरकारको निगरानीमा आएका भारतीयसँग भिडन्त गरी बाँध बाँध्न रोक्न ठूलो भूमिका खेलेका थिए ।

त्यही कारण भारतीय प्रहरीबाट देवनारायण सख्त घाइतेसमेत भएका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा आएका त्यहाँका स्थानीय जनताको भनाइअनुसार गत सालदेखि नै देवनारायण भारतीय प्रहरीको निगरानीमा रहँदै आएका थिए जसका कारण आज देवनारायण र उनका छोरा पुरानै मुद्दाको कारण भारतीय प्रहरीको कब्जामा सुपौल जिल्लाको वीरपुर थानामा रहेको कुरा सुनिएको छ ।
बुझ्नुपर्ने विषय के छ भने हिजो तिलाठीमा देवनारायणले रगत आफ्ना लागि मात्र बगाएका होइनन्, कुनै राजनीतिक दलको अभीष्ट सिद्धिका लागि पनि लडेका होइनन् उनले त पूरै नेपालका लागि लडेका हुन्, आफ्नो धर्तीको रक्षार्थ लडेका हुन्, भारतीय दादागिरीविरुद्ध लडेका हुन्, हेपाइको विरुद्ध लडेका हुन्, बल मिच्याइँविरुद्ध लडेका हुन् । तसर्थ आज देवनारायण र उनका छोरालाई झूटो मुद्दा लगाएर जुन किसिमले भारतले ‘देखिस् त हामीसँग निहुँ खोजिस् भने तेरो के हालत हुन्छ’ भन्ने जसरी जुन किसिमले सांकेतिक आक्रमण गरेको छ ।

यो घटना अति नै दु:खदायी र खेदजनक छ । सारा नेपालीको एउटा देशभक्त प्रतिनिधि विदेशीको नियन्त्रणमा अनावश्यक रूपमा थुनिँदाको पीडाबोध अवश्य पनि सामान्य छैन । यो जनताको मर्मलाई अब नेपाल सरकारले बुझेर छिटोभन्दा छिटो देवनारायण र उनको छोरालाई जेलमुक्त गर्न पहल गर्नुपर्ने हुन्छ ।
– सन्तोष सिम्खडा
भीमसेन गाउँपालिका–२, गोरखा

प्रकाशित : आश्विन १८, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?