कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोनिज यूके पत्रकारिता पुरस्कार

शैली संक्षेप
कान्तिपुर संवाददाता

काठमाडौं — यो वर्षको ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ पत्रकार गणेशमान गुरुङ र मिलन लिम्बूलाई प्रदान गरिएको छ ।

फोनिज यूके पत्रकारिता पुरस्कार


उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार राजधानीमा उक्त पुरस्कार प्रदान गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले स्थापना गरेको उक्त पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ । गुरुङ सगरमाथा टेलिभिजनमा कार्यरत छन् भने लिम्बू एबीसी टेलिभिजनमा ।
उपराष्ट्रपति पुनले नेपालको संविधान कार्यान्वयनका क्रममा तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको उल्लेख गर्दै आउँदो मंसिरमा प्रदेश र केन्द्रको चुनाव जसरी सम्पन्न गराउन सबै पक्ष र सर्वसाधारण नागरिकलाई आग्रह गरे । उक्त पुरस्कार फोनिज यूकेका सल्लाहकार तथा रेडियो बीजीडब्लूएसका निर्देशक सोनाम छिरिङ शेर्पाले स्थापना गरेका हुन् । कार्यक्रममा संस्थापक शेर्पा, फोनिज नेपालका अध्यक्ष डण्ड गुरुङलगायतको उपस्थिति थियो । 

 

प्रकाशित : आश्विन १८, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?