कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक सञ्चालन भएन

कान्तिपुर संवाददाता

दार्चुला — वर्षात्मा अवरुद्ध जिल्लाका ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । जिल्लाका करिब आधा दर्जन सडक सञ्चालन नहुँदा स्थानीयले आवतजावतमा समस्या खेप्नुपरेको छ ।


गोकुलेश्वर–देथला–दल्लेख, लटिनाथ–पारिबगड, बङ्गाबगड–दल्लेख, तिंकर सडकको खलंगा–गरमोरा र गोकुलेश्वर–लटिनाथ सडक बेलाबेला अवरुद्ध हुने गरेका छन् । यी सबै कच्ची भएकाले वर्षात्मा सधैं अवरुद्ध हुने र सुख्खायाममा मात्र चल्ने गर्छन् । सदरमुकाम जोड्ने योजनाअन्तर्गतका अधिकांश ग्रामीण सडक निर्माणाधीन छन् । अपीहिमाल, व्यास र लेकम गाउँपालिका अझै सडक सञ्जालमा जोडिएका छैनन् । 
जिल्लाको मुख्य मोटरमार्ग महाकाली लोकमार्ग पनि पहिरोका कारण समय–समयमा अवरुद्ध हुने गरेको छ । सडक सञ्जालमा जोडिएका स्थानीय तहमा पनि विभिन्न समयमा अवरुद्ध हुँदा समस्या रहेको यातायात व्यवसायीले बताए । 

 

प्रकाशित : आश्विन २०, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?