कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचारबाट वञ्चित

कान्तिपुर संवाददाता

जाजरकोट — कुशे गाउँपालिका–९ पैंकस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य सहायक रामसिंह मण्डल एक महिनादेखि अनुपस्थित छन् ।

६ जनाको दरबन्दी भएको चौकी अहिले अनमीको भरमा सञ्चालित छ । स्वास्थ्यकर्मी नहुँदा कुशे गाउँपालिकाको जिन्ताला, थानबाडा, मेलमिसाऊ, चौराँटा, बिजुलीडाँडा, चाल्ना कफल्ला, लाँता र रिजापाहाडालगायत गाउँका स्थानीय दैनिक उपचार सेवा पाउनबाट वञ्चित भएको बताउँछन् । चौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि खलंगा आउन बाध्य भएको स्थानीय भूमबहादुर रोकायले बताए । 

प्रकाशित : आश्विन २७, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?