कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शर्माको गाडीमा बम प्रहार

कान्तिपुर संवाददाता

रुकुम (पश्चिम) — उम्मेदवारको गाडीलाई लक्षित गर्दै बम प्रहार गरिएको छ । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा बिनाविभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीमाथि चौरजहारी नगरपालिका–८ को गोइरीमा २ वटा बम प्रहार गरिएको हो ।

शर्माको गाडीमा बम प्रहार

चौरजहारी उपत्यकाको चुनावी सभा, घरदैलो र भेटघाट सकेर शुक्रबार बिहान सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोलीमा उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी सडकमाथिबाट बम प्रहार भएको थियो । शर्मा चढेको गाडीको अघिल्तिर खसेको बम पडकिएन भने अर्को पनि धूलोमा परी विस्फोट हुँदा धेरै असर गर्न सकेन ।
रेडबुलको बट्टाभित्र बारुद र विद्युतीय सामग्री राखिएको बम भेटिएको प्रहरीले जनाएको छ । ‘मेरै गाडीलाई लक्षित गरी बम प्रहार गरिएको थियो, सेक्युरिटीको पहलकदमीको कारण क्षति हुन पाएन’ शर्माले भने । उक्त टोलीमा वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा माओवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार चन्द्रबहादुर विक, प्रदेशसभा सदस्य विमला केसी, एमालेका तर्फबाट प्रदेश सभातर्फकी समानुपातिक उम्मेदवार देवी ओलीलगायत एमाले तथा माओवादीका नेता पनि थिए । बम प्रहारको घटनाप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समितिले विरोध जनाएको छ । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?