कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थालेसिमियाको औषधि अभाव

कान्तिपुर संवाददाता

काठमाडौं — सामान्य मानिसले उपचार खर्चै जुटाउन मुस्किल पर्ने थालेसिमियाको औषधि पैसा तिरेर पनि पाइँदेन । नेपाल थालेसिमिया सोसाइटीको एक अध्ययनअनुसार नेपालमा ९७ प्रतिशत गरिब र दलित समुदायका बालबालिकामा यो रोग लाग्ने गरेको छ ।

नेपालमा यो रोगको औषधि खपत नै कम भएकाले सबै फार्मेसीले औषधि बेच्न नमान्ने थालेसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकले बताए । थालेसिमिया रोगीका दम्पतीबाट जन्मने ५० प्रतिशत सन्तानमा यो रोग देखिने चिकित्सकहरू बताउँछन् । यो रोगका ५ प्रतिशत बालबालिका मात्रै औषधि किनेर खान सक्ने परिवारबाट हुने अध्यक्ष पाठकले बताए ।
काठमाडौं नारायणटारका ९ वर्षीय एन्जेल ढुंगाना २ वर्षदेखि थालेसिमिया बिरामी हुन् । उनलाई रगतको क्यान्सर नै भएको छ, उनलाई तीन सातामा रगत फेर्नुपर्ने उनकी आमा कमलाले बताइन् । ‘महिनामा ५ हजारको औषधि खानुपर्छ, एकातिर औषधि खर्चका लागि भांैतारिनुपर्छ, अर्कातिर भनेका बेलामा फार्मेसीमा औषधि पाइँदैन,’ उनले भनिन् । बालरोग विशेषज्ञ अजित रायमाझीका अनुसार थालेसिमिया शरीरमा राम्रोसँग रक्तकोषको विकास हुन नसक्दा देखापर्ने रोग हो ।

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?