१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

हतियार र गाँजासहित ५ पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

जनकपुर — जिल्ला प्रहरी धनुषाले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हातहतियारसहित पक्राउ परेका नगरपालिका ८ का सकुर मिया र अनिल पासवानलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


यस्तै अवैध लागूऔषध गाँजासहित तीन जनालाई जिल्ला प्रहरीले नियन्त्रणमा लिएको थियो । १० किलो गाँजासहित पक्राउ परेका गणेशमान चारनाथ नपा ३ की कलसियादेवी महरा, देवेन्द्र महरा र रामअवतार महरालाई पनि सार्वजनिक गरेको छ । अवैध हतियारसहित पक्राउ परेका दुई जनामाथि हातहतियार खरखजाना ऐनअन्तर्गत र तीन जनाामथि लागू औषधिसम्बन्धी मुद्दा चलाइने प्रहरीले
जानकारी दियो ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?