लागूपदार्थ कारोबारी पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

गुलरिया — लागूऔषध खैरो हेरोइन कारोबारी आरोपमा गुलरिया ६ का सलिम इद्रिसीलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट लागूऔषध खरिद गरी काठमाडांैमा बेच्दै आएका उनी प्रहरीको सर्वाधिक खोजीमा थिए ।

काठमाडांैस्थित लागूऔषध नियन्त्रण ब्युरो अपराध तथा कारबाही शाखा कोटेश्वर प्रहरीले खोजी गर्ने क्रममा गुलरियाबाट उनलाई नियन्त्रणमा लिएको हो । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

भीरबाट लडेर मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका ३ का ६२ वर्षीय प्रस्ताव पुनको भीरबाट लडेर मृत्यु भएको छ । बामेको औलबेसीबाट घर फर्कने क्रममा गोठिखोला नजिकै खस्दा उनको मृत्यु भएको हो । भीरबाट खसेका उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्