कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रुलाई कष्ट नदिऔं

मुग्लिङ–नारायणघाट राजमार्गमा गत आइतबारको दिन यात्रा गर्दा भोगेका र देखेको केही दृश्य :
जम्मा ३६ कि.मि. सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लागेको थियो ।

यात्रुलाई कष्ट नदिऔं

मुग्लिङ–नारायणघाट राजमार्गमा गत आइतबारको दिन यात्रा गर्दा भोगेका र देखेको केही दृश्य :
जम्मा ३६ कि.मि. सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लागेको थियो । सडक र जामबारे जानकारी दिने कुनै सूचनापाटी, ट्राफिक पुलिस वा निर्माण कम्पनीको तर्फबाट कर्मचारी परिचाल गरिएको देखिएन । विपरीत दिशाबाट आएका गाडीले एउटा ट्रकको दायांँ पछाडि हेर्ने ऐना फुटाइदिएकामा त्यसको क्षतिपूर्ति रु. २५० नपाउन्जेल हलचल नगर्ने भनी ट्रक ड्राइभरले आधा घण्टाभन्दा बढी रोकी सडक जाम गरेको । प्रत्येक २/४ सय मिटरमा घन्टौं जाम भएको । तर १०/१२ वटा
आपत्कालीन र त्यत्तिकै संख्यामा सेतो नम्बर प्लेटका गाडीहरू अनि तिनलाई पछ्याउंँदै केही अन्य गाडी बेलाइनबाट कुदेको । लामो जाम हुंँदा कतिपय गाडीका चालक गहिरो निद्रामा पुगेको र अपर्झट गाडी चलाउँंदा दुर्घटना हुन सक्ने । शौचालय र बजार पनि ठाउंँ–ठाउंँमा नहुनाले विशेषगरी महिला तथा विदेशी यात्रुहरूले अति नै दुख:कष्ट भोग्नुपरेको अवस्था देखियो । दैनिक हजारौंले यात्रा गर्ने उक्त सडकको दुरवस्थाले यात्रुको दैनिक समय अनाहकमा नष्ट भइरहेको छ । यसतर्फ सम्बन्धित सरोकारवालाहरूको ध्यान जाओस् ।
– पूर्णमान श्रेष्ठ
टेङ्गल टोल, काठमाडौं

प्रकाशित : मंसिर ४, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?