कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसी बार्सिलोनामै प्रतिबद्ध

एएफपी

बार्सिलोना — बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले क्लबसँग नयाँ अनुबन्धन गरेका छन् । जुलाईमा भएको यस सम्झौतासँगै मेसी सन् २०२१ सम्म बार्सिलोनामै रहने क्लबले जनाएको छ । बार्सिलोनाले केही महिनाअघि नै मेसीले क्लबमा बस्ने निर्णय लिए पनि सम्झौता भने गर्न बाँकी रहेको बताएको थियो ।

मेसी बार्सिलोनामै प्रतिबद्ध

मेसीको पुरानो सम्झौता यसै सिजनको अन्त्यमा सकिँदै थियो ।
क्लबले शनिबार विज्ञप्ति जारी गर्दै मेसीले सन् २०२०–२१ सिजनको अन्त्यसम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । उनको बाई–आउट क्लज ७० करोड युरो तोकिएको छ । नयाँ सम्झौतासँगै मेसीको बार्सिलोनासँग १४ वर्षे सहकार्य लम्बिने पक्का भएको छ । उनले नयाँ सम्झौताको पूरा अवधि बार्सिलोनामा रहे १७ वर्ष पूरा गर्नेछन् ।
सन् २००० मा १३ वर्षीय मेसी अर्जेन्टिनाको नेबेल ओल्ड ब्वाइजबाट बार्सिलोना आएका थिए । विभिन्न युवा टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै मेसीले १६ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । बार्सिलोनासँगको १४ सिजनमा मेसीले ३० उपाधि जितिसकेका छन् । आठ लिग उपाधि र चार च्याम्पियन्स लिग जित्ने क्रममा उनले ६ सय २ खेलमा ५ सय २३ गोल गरेका छन् ।

 

प्रकाशित : मंसिर १०, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?