कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दृष्टिविहीनलाई सुन्दरीहरुको सहयोग

लन्डन — नेपालका दृष्टिविहीनहरूको सहयोगार्थ बेलायतमा रहेका नेपाली सुन्दरीहरूले शनिबार लन्डनमा एउटा च्यारिटी कार्यक्रम गरे । ‘मिस यूके नेपाल, २०१७’ टिमले नर्थहोल्ट पार्क सोसियल क्लबमा ‘ब्युटी विथ अ पर्पोज’ गरेको हो ।

दृष्टिविहीनलाई सुन्दरीहरुको सहयोग


कार्यक्रमबाट संकलित रकम २५ सय पाउन्ड (करिब साढे तीन लाख रुपैयाँ) नेपालमा दृष्टिविहीनहरूका लागि कार्यरत संस्था ब्लाइन्ड रक्सलाई यसै साता प्रदान गरिने ‘मिस यूके नेपाल, २०१७’ सिर्जना गुरुङले जनाइन् । उनले सहयोगदाता सबैप्रति आभार व्यक्त गरेकी छन् ।
इभेन्ट्स एन्ड आइडियाज प्रोडक्सनले बर्सेनि आयोजना गर्ने मिस यूके नेपाल समूहले वार्षिक रूपमा एउटा च्यारिटी गर्ने परम्पराअनुरूप छैटौं पटक यो काम गरेको हो । कार्यक्रममा ‘मिस यूके नेपाल, २०१७’ का आठै जना प्रतिस्पर्धी सहभागी थिए ।
प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ‘मिस यूके नेपाल, २०१७’ टिमको च्यारिटी कार्यको प्रशंसा गर्दै कुनै राम्रो उद्देश्यका लागि नवप्रतिभाहरूले च्यारिटी गर्नु सराहनीय भएको बताए । राजदूतले समाज र देश निर्माणमा युवाहरूको भूमिका उल्लेख्य हुने पनि सुनाए ।
युवायुवतीको बाहुल्य रहेको उक्त कार्यक्रममा फेसन सो, नाचगान, राफल चिट्ठा आदि कार्यक्रम राखिएका थिए ।

प्रकाशित : मंसिर ११, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?