कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्याका मुख्य योजनाकार पक्राउ

सोमबार प्रकाशित ‘गौचन हत्याका मुख्य योजनाकार पक्राउ’ समाचारअन्तर्गत निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समिरमान बस्नेत पक्राउ पर्नु सुखद विषय हो ।

हत्याका मुख्य योजनाकार पक्राउ

पैसाको विषयमा मान्छे मार्न पछि नहट्ने यस्ता अपराधिहरू नेपालमा धेरै छन् । यिनीहरू आफ्नो आम्दानीको रूपमा चन्दा, कमिसन र ठेक्कापट्टाबाट बलको प्रयोग गरी लिने गर्छन् । मुख्य कुरा त यिनीहरू राजनीतिक संरक्षणमा रहन्छन् । विभिन्न दलका नेताहरू आफ्नो दल र व्यक्तिगत स्वार्थका लागि यिनीहरूको प्रयोग गर्छन् । नेपालमा रहेका यस्ता गुन्डाका नाइके अपराधीहरूलाई तह लगाउन प्रहरी प्रशासन र राज्यले सही भूमिका खेल्नुपर्ने देखिन्छ नत्र भने फेरि पनि यस्ता घटना नदोहोरिएलान् भन्न सकिन्न ।
– विकास ढकाल
काठमाडौं

प्रकाशित : मंसिर १९, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?