कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन सक्ने काम गरिदेऊ

मंसिर २१ गते ४५ जिल्लाका लाखौ मतदाता भोट हाल्न लाम लाग्नेछन् । तर भोट कसलाई र किन हाल्ने भन्ने द्विविधामा छन्, उनीहरू । टिकट पाउने उम्मेदवारको अनुहार हेरेर वा व्यवहार हेरेर वा दलका घोषणापत्र हेरेर भोट दिने हो ? मतदाता रनभुल्लमा छन् ।

दलहरूले आम मतदातालाई फकाउन महत्त्वाकांक्षी घोषणापत्र जारी गरेका छन् । त्यसमा निकै मिठो र चिप्ला कुरा छन् । तर त्यो पूरा गर्लान् भनी कुनै पनि मतदाताले कल्पनासमेत गरेका छैनन् । यसभन्दा अघि पनि यस्ता घोषणापत्र जारी नभएका होइनन् । तर घोषणापत्रको १० प्रतिशत वाचा पनि पूरा नभएको यथार्थ हो । अन्यथा आम नेपालीले यति तितो वर्तमान भोग्नु पर्दैन थियो । जनताले आजसम्म न राम्रो खानेपानी पाए, नत राम्रो बाटोघाटो । न राम्रो नेता पाए, नत राम्रो नीति । ‘जुन जोगीे आए पनि कानै चिरेको’ हँुदै नेपालीको विकास, आकांक्षा केवल कागजमा सीमित भएको छ । हामीलाई हावादारी ठूला योजना र गफ होइन, पूरा हुने खालका साना योजना चाहिएका छन् । ताकि प्रतिफल तत्काल पाइयोस् । 
हामीलाई समुद्रमा नेपाली झण्डा गाडिएको जहाज होइन, जोरपाटीदेखि गौशालासम्मको सडक राम्रो पारिदिए पुग्छ । कोटेश्वर र चावहिलको जाम हटाइदिए पुग्छ । सहज तरिकाले चालक अनुमति पाउने व्यवस्था गरिदिए पुग्छ । वैदेशिक रोजगारीमा जाँदा अनेक झन्मmट हटाइदिए पुग्छ । बेला–बेलामा बजार अनुगमन गरिदिए पुग्छ । बढदो महँगी रोकिदिए पुग्छ । जनतालाई २ छाक खाने रोजगारी सिर्जना गरिदिए पुग्छ । साना र गर्न सकिने कुुरा भने कहिले नगर्ने, जनतालाई रातदिन दु:ख–सास्ती दिइरहने तर घोषणापत्रमा केवल ठूलठूला कुरा राखेर आम जनतालाई मूर्ख बनाउने वा सपना देखाउने कामले जनताको विश्वास जित्न सकिँदैन ।
– गोपाल देवकोटा
गोकर्णेश्वर–८, जोरपाटी, काठमाडौं 

प्रकाशित : मंसिर २०, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?