कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुकुरीसहित ४ पक्राउ

छोटकरी

लमजुङ — कास्की र लमजुङको सीमा मध्यनेपालको रामबजारबाट प्रहरीले खुकुरीसहित हिँडेका चार युवालाई पक्राउ गरेको छ ।

मध्यनेपाल–७ रामबजारबाट कास्कीको पिप्लेबजार हुँदै मोटरसाइकलमा फलाङकोट जाँदै गरेका सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्कीको रुपा–१ फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाललाई नियन्त्रणमा लिइएको इप्रका भोर्लेटारका प्रहरी निरीक्षक जयराम वन्तले बताए । ‘कास्की र तनहुँमा बिहीबार चुनाव छ । चेकजाँच गर्दा घरेलु हतियार बोकेको भेटिएकाले नियन्त्रणमा लिएका हौं,’ उनले भने । कास्की र तनहुँमा बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर राखेर स्थानीय प्रशासनले सीमा सुरक्षा र चेकजाँचमा कडाइ गरेको छ । 

प्रकाशित : मंसिर २१, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?